वैदेशिक विभागद्वारा धरौटी अद्यावधिक गर्नेसम्बन्धी सूचना « Khabarhub

वैदेशिक विभागद्वारा धरौटी अद्यावधिक गर्नेसम्बन्धी सूचना


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार विभागले जेन-जी प्रदर्शनका क्रममा भएको आगजनीका कारण जलेर नष्ट भएका धरौटी तथा बैंक ग्यारेन्टी रकमको अभिलेख अद्यावधिक गर्न आवश्यक प्रमाण पठाउन सरोकार भएका सबैलाई सूचना जारी गरेको छ ।

विभागले गत भदौ २४ गतेको आगजनीमा जलेर नष्ट भएका धरौटी तथा बैंक ग्यारेन्टी रकमको अभिलेख अद्यावधिक गर्न आवश्यक प्रमाण उपलब्ध गराउन वैदेशिक रोजगार व्यवसायी र अन्य संस्थालाई सूचना प्रकाशित गरी ध्यानाकर्षण गराएको हो ।

वैदेशिक रोजगारसम्बन्धी व्यवसाय गर्ने म्यानपावर कम्पनीहरूको शाखा विस्तार, अभिमुखीकरण तालिम सञ्चालन, घरेलु कामदार पठाउने, न्यायिक धरौटीलगायत प्रयोजनका लागि विभागले धरौटी लिँदै आएको छ । उक्त रकम विभागले वैदेशिक रोजगार ऐन तथा नियमावलीबमोजिम मुद्दती खातामा एकमुष्ट रूपमा जम्मा गर्ने गरेको छ ।

गत भदौ २४ गतेको जेन-जी प्रदर्शनका क्रममा भएको आगजनीमा विभागका अभिलेख जलेर नष्ट भएका छन् । सोही कारण प्रत्येक म्यानपावर कम्पनीको  धरौटीको छुट्टाछुट्टै विवरण नदेखिने भएकाले कागजात जलेर नष्ट भएको विषयमा जिल्ला प्रहरी परिसर काठमाडौँले गत असोज २७ गते मुचुल्का तयार गरेको विभागले सूचनामार्फत उल्लेख गरको छ ।  

सोही मुचुल्काका आधारमा नष्ट भएका धरौटी अभिलेख अद्यावधिक गर्न वैदेशिक रोजगार व्यवसायी, अभिमुखीकरण संस्थालगायतसँग सम्बन्धित कागजात र प्रमाण उपलब्ध गराउन आग्रह गरिएको विभागले जनाएको छ ।

सूचनअनुसार म्यानपावर कम्पनी वा अभिमुखीकरण तालिम प्रदायक संस्थाबाट धरौटी दाखिलाको भौचरको प्रमाणित प्रतिलिपि, बैंक ग्यारेन्टीको प्रमाणित प्रतिलिपि, धरौटीको यथार्थ विवरणसहितको स्वघोषणापत्र, आवश्यक परे बैंकबाट भएको कारोबारको प्रतिलिपि, व्यक्तिगत धरौटीका हकमा भौचर र निवेदन, धरौटी प्रयोजन खुलेको पत्र तथा नागरिकताको प्रतिलिपिसमेत पेस गर्नुपर्ने जनाइएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ३ : २३ बजे

बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो

धरान– बेमौसमी वर्षाका कारण यस वर्ष जिल्लामा धान उत्पादन घटेको छ

सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छ : मन्त्री गौतम

चितवन– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले सरकारले एसइई

निर्धारित समयमा निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले सबै दलहरूको सहमति र आम नागरिकको

जसपा नेपालले घेर्‍यो देशैभरका जिल्ला प्रशासन कार्यालय

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालले देशभरीकै जिल्ला प्रशासन कार्यालय अगाडि

सचिवमा उम्मेदवारी दिँदै नवौँ महाधिवेशनकी कान्छी केन्द्रीय सदस्य

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रचना खड्काले आगामी एघारौँ महाधिवेशनमा