‘रमिताको पिरती’को सरप्राइज : गुपचुपमै सुटिङ सकेर एकैचोटी रिलज डेट घोषणा, शीर्ष नायिका आना « Khabarhub

‘रमिताको पिरती’को सरप्राइज : गुपचुपमै सुटिङ सकेर एकैचोटी रिलज डेट घोषणा, शीर्ष नायिका आना


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘रमिताको पिरती’को टिमले सरप्राइज दिँदै फिल्मको प्रदर्शन मिति माघ २३ लाई तोकेको छ । ललिपुरको एक होटलमा बुधबार कार्यक्रमको आयोजना गरी यस फिल्मबारे जानकारी दिइएको हो ।

सुटिङ सक्काएर एकैचोटी फ्रर्स्टलुक पोस्टर सार्वजनिक गरी निर्माण पक्षले फिल्मबारे जानकारी गराइ सरप्राइज दिएको हो ।

सामान्यतया फिल्म घोषणा गरेर छायाङ्कन निस्कने अभ्यास छ । तर, यो टिमले कलाकार र निर्माणबारे गोप्य राखेरै फिल्मको छायाङ्कन पूरा गरिएको हो ।

यो फिल्मको शीर्ष भूमिकामा नायिका आना शर्मा छन् । मुख्य कलाकारहरुमा नायकहरु धिरज मगर, विनय श्रेष्ठ र समीर श्रेष्ठ छन् । समीरले यही फिल्मबाट डेब्यू गरेका हुन् ।

यही फिल्मबाट सदिप्ता अधिकारीले निर्देशनमा डेब्यू गरेकी छन् । हाल यो फिल्मको प्रोस्ट प्रोडक्सनको काम जारी रहेको कार्यक्रममा बताइएको छ ।

शिरो फिल्मस्को ब्यानरमा बनेको यस फिल्मको निर्माता सागर लम्साल हुन् । कार्यकारी निर्माता नायिका आना आफैँ हुन् ।

फिल्म लभस्टोरी जनरामा बनेको निर्माण पक्षले बताएको छ । पोस्टरमा आना विनय र समीरसँग प्रेमिल भावमा प्रस्तुत भएकाले यो फिल्मले त्रिकोणात्मक प्रेम कथा बोकेको अनुमान गर्न सकिन्छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ४ : ११ बजे

कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै, झन्डै ६ हजार नेता भित्रिए

काठमाडौँ- नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता

झापा-५ का धेरै मतदाताले मौन बसेरै उम्मेदवारलाई दिँदैछन् चक्मा

झापा–  उज्यालो हुन नपाउँदै झापा ५ का बस्तीहरूमा चुनावी चहलपहल

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू

काठमाडौं- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा