एकतापछि माधवले भने- परिवर्तनको संवाहक बनेर अब नेपालको मूल पार्टी यही बन्नेछ « Khabarhub

एकतापछि माधवले भने- परिवर्तनको संवाहक बनेर अब नेपालको मूल पार्टी यही बन्नेछ


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले विगतका कमीकमजोरीलाई सच्चाउँदै कम्युनिष्ट आन्दोलनलाई सशक्त रूपमा अघि बढाउनुपर्ने बताएका छन् । 

बुधबार काठमाडौंमा आयोजित पार्टी एकता कार्यक्रममा नवघोषित पार्टीका सहसंयोजक नेपालले जनतामा विश्वास दिलाउनका लागि विगतका कमीकमजोरीलाई सच्चाउँदै कम्युनिष्ट आन्दोलनलाई सशक्त रूपमा अघि बढाउनुपर्ने बताएका हुन् ।

उनले नेपाली कम्युनिस्ट पार्टी पुरानै पार्टीको स्वरूप नभएको भन्दै उनले परिवर्तनको संवाहक बनेर जनताको मनमा बस्नेगरि अघि बढ्नुपर्ने बताए । 

उनले परिवर्तनका शक्तिहरूसँग सहकार्य वा मोर्चा बनाएर संविधान र गणतन्त्रको रक्षा गर्नका लागि हातेमालो गर्न पहल गरिने उल्लेख गरे  ।

बन्देज, आग्रह र पूर्वाग्रह नराखी सबैलाई समेट्ने गरी गोलबद्ध गरेर अघि बढ्न चाहेको भन्दै उनले देश विरोधी, संविधान विरोधीसँग कुनै सम्झौता नगर्ने स्पष्ट पारे । जेन-जी युवाहरूको मुद्दालाई पनि आफूहरूले प्राथमिकतामा राखेर अघि बढाउने उनको भनाइ छ ।

सहसंयोजक नेपालले नवयुवा जेन-जीका मुद्दालाई समेतसँगै लिएर जाने बताए  । नेपाली कम्युनिस्ट पार्टीलाई नेपालको मूल कम्युनिष्ट पाटी बनाइने जिकिर गरे  । 

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ५ : ३१ बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार