जब एक दर्शकले केकीलाई रुदै फिल्मको संवाद सुनाए… « Khabarhub

जब एक दर्शकले केकीलाई रुदै फिल्मको संवाद सुनाए…


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका केकी अधिकारी मुख्य भूमिकामा रहेको फिल्म ‘परान’ उच्च अकुपेन्सीका साथ बुधबार छटौं दिनमा प्रदर्शनरत छ ।

विदेशमा रहेकाले प्रिमियरमा समेत उपस्थित नभएकी केकी बुधबारबाट हल भिजिटमा निस्किएकी छन् ।

आज न्युरोडस्थित एक हलमा पुगेर केकीले आफ्ना फिल्मका दर्शकलाई भेटेर प्रत्यक्ष प्रतिक्रिया लिएकी थिइन् । त्यहाँ एक दर्शकको प्रतिक्रियाले माहोल थप भावुक भएको थियो ।

फिल्मको अन्तिममा नायक महेश त्रिपाठीले श्रीमतीको भूमिकामा रहेकी अञ्जना बराइलीलाई भन्छन्, ‘म एक करोड पैसा दिन्छु । हाम्रा बा फर्किन्छन् त ?’

एक दर्शकले भावुक हुँदै केकीलाई भेटेर त्यही संवाद सुनाएका थिए । ती दर्शकले अगाडि भने, ‘ मेरो पनि बुवा हुनुहुन्नँ । बुवा फिर्ता हुनुहुन्छ भने म करोड रुपैयाँ दिन तयार छु ।’

उनले रुदै उक्त संवादले आफूलाई भावुक बनाएको सेयर गरेका थिए ।

उनको प्रतिक्रियाले केकीको समेत आशु थामिन सकेन । उनले पनि आशु पुछिन् ।

त्यसपछि दर्शकसँग माफी माग्दै उनले भनिन्, ‘अन्तिममा फिल्मले झन् भावुक बनाउँछ । तपाईंहरुको भवनालाई अन्तै मोड्न म आएको होइन । माफी चाहान्छु । तर, दर्शकसँग भेट्ने अवसर यो नै हो ।’

त्यसैमा अर्का दर्शकले भन्छन्, ‘अब चाहिँ यस्तो फिल्म नबनाउनू ।’ ती दर्शकको आशय हो– अब यति धेरै रुवाउने फिल्म बननाउनू ।

दर्शकसँगको साक्षात्कारपछि केकीले उपस्थिति सञ्चाकर्मीसँग कुराकानी गरेकी थिइन् । फिल्म हेरेपछि धेरै जसो दर्शक रोएको पाएको उनले बताइन् ।

उनले अगाडि भनिन्, ‘सबै दर्शकको प्रायः एकै प्रतिक्रिया छ । सबैले मन कटक्क पार्‍यो भन्नु भएको छ । नरुने दर्शक प्रायः कम नै हुनुहुन्छ । रुने भनेको भावना व्यक्त गर्नु भयो । तर, दर्शक पनि कथासँगै बगेको हामीले पाएका छौं ।’

सँगै उनले फिल्म बनाउँदा राखेको उद्देश्य पूरा भएको बताइन् । भनिन्, ‘हामीले जुन अपेक्षा राखेर फिल्मको कथावस्तु बनाएका थियौं । हामी टिममा जोडिएका थियौं । आज चाहिँ फिल्मले मूर्तरुप पाए जस्तो महसुस भएको छ ।’

सकारात्क ‘वर्ड अफ माउथ’का कारण यो फिल्मले हलमा दर्शकको उच्च साथ पाएको छ । आज पनि यस फिल्मको अधिकांश शो हाउसफूल छ । बुकिङमा पनि चाप छ ।

बुकिङ उच्च भएपछि निर्देशक दीपक आचार्य काकुले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आज फिल्म हेर्न वञ्चित हुनुभएका दर्शकहरुप्रति माफी माग्दै भोलि र पर्सीका लागि आफ्नो सिट सुरक्षित गर्नुहुन हार्दिक अनुरोध गर्दछौं ।’

यस फिल्मको कथा निर्देशक दीपक नै हुन् । पटकथा र संवाद यम थापाले लेखेका हुन् ।

उद्योगी शेखर गोल्छा र रञ्जित आचार्यको संयुक्त लगानी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले फिल्ममा लगानी गरेको हो ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ६ : २४ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित