झापा महिला गोल्डकपः घरेलु टोलीमाथि सङ्कटाको फराकिलो जीत « Khabarhub

झापा महिला गोल्डकपः घरेलु टोलीमाथि सङ्कटाको फराकिलो जीत


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

झापा – शिवसताक्षीस्थित दूधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो क्वार्टर फाइनलमा सङ्कटा फुटबल क्लब काठमाडौँले घरेलु टोली झापा एफसीलाई ६–० गोल अन्तरले पराजित गरेको छ ।

यो जीतसँगै सङ्कटा फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको सुरुआतदेखि सङ्कटा टोली आक्रामक देखिएको थियो । २३औँ मिनेटमा सेनु परियारले सङ्कटाका लागि पहिलो गोल गरेकी थिइन् । पहिलो हाफको इन्ज्युरी समयमा समीक्षा मगरले अर्को गोल गर्दै सङ्कटाको अग्रता बढाएकी थिइन् ।

यसैगरी, ५५औँ मिनेटमा भुटानबाट अनुबन्धित छिरिङ वाङ्देनले तेस्रो गोल र ६१औँ मिनेटमा पूर्णिमा राईले अर्को गोल गर्दै झापा एफसीसँगको गोलअन्तर ४–० बनाएकी थिइन् । ८३औँ मिनेटमा रेनिसा शर्माले पाँचौँ गोल थपिन् भने अरुणा स्याङ्तेनले खेलको अन्तिम समयतिर अर्को गोल थपेर सङ्कटाको जीत ६–० मा पक्का गरिन् ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी पूर्णिमा राई प्लेयर अफ द म्याच भइन् । उनले नगद रु १५ हजार र ट्रफी प्राप्त गरिन् । झापा एफसीका प्रशिक्षक सन्देश श्रेष्ठले तयारी अभावका कारण टोलीले अपेक्षित प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिए । सङ्कटा क्लबका प्रशिक्षक रविन्द्र शिलाकारले रणनीतिअनुसार नै खेलमा जित निकालेको बताए ।

प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ । विजेता टोलीले नगद रु १० लाख १० हजार, उपविजेताले रु पाँच लाख र सर्वोत्कृष्ट खेलाडीले रु एक लाख ५० हजार पाउनेछन् ।

उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले जनही रु २५ हजारका दरले पुरस्कार पाउनेछन् । भोलि बिहीबार हुने अन्तिम क्वाटर फाइनल खेलमा आरएस पोखरा र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिष्पर्धा हुने भएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ८ : ४२ बजे

नेपाली बिरामीको जटिल कोलोरेक्टल क्यान्सर सफल उपचार : म्याक्स हेल्थकेयर

काठमाडौं-नेपाली बिरामीमा देखिएको दुई जटिल कोलोरेक्टल क्यान्सर केसमा भारतको वैशालीस्थित

बालेन्द्रको चुनावी प्रचारका क्रममा ढलेका सिटौलाको निधन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

हिरासतबाट छुटेपछि महान्यायाधिवक्ताविरुद्धको उजुरीमा कारबाही प्रगति खोज्दै अख्तियारमा युवराज सफल

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले पदको दुरुपयोग गर्दै गम्भीर प्रकृतिका मुद्दा

उम्मेदवारलाई मतदाताको सुझाव : वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बर्दिया क्षेत्र नं २

पाकिस्तानमा सडक दुर्घटना: ४ जनाको मृत्यु, २७ घाइते

इस्लामाबाद– पूर्वी पाकिस्तानमा शुक्रबार भएको सडक दुर्घटनामा ४ जनाको मृत्यु