चीनले दबाब दिएपछि बेलायती विश्वविद्यालयमा एउटा विषयको शोध नै रद्द « Khabarhub

चीनले दबाब दिएपछि बेलायती विश्वविद्यालयमा एउटा विषयको शोध नै रद्द


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनले दबाब दिएपछि बेलायतको एउटा विश्वविद्यालयले मानव अधिकारसँग सम्बन्धित विषयको शोध नै रद्द गरेको पाइएको छ । बेलायतको शेफिल्ड हलम विश्वविद्यालयले चीनको दबाबका कारण चीनमा बँधुवा मजदुर र आपूर्ति श्रृङ्खलासँग सम्बन्धित शोध रद्द गरेको हो ।

बेलायती अखबार द गार्जियनका अनुसार उक्त विश्वविद्यायलमा रहेको हेलेना केनेडी सेन्टर फर इन्टरनेशनल जस्टिस नामक शोधकेन्द्रमा लउरा मर्फीले यस विषयमा शोध गरिरहेकी थिइन् । उनको शोधको विषय चीनका अल्पसङ्ख्यक उइग्युर मुसलमानको मानव अधिकारसँग सम्बन्धित रहेको थियो ।

उइग्युर मुसलमान समुदायलाई चीनले बाध्यकारी श्रममा लगाउने गरेको भन्दै लामो समयदेखि आलोचना हुँदै आएको छ । चीन सरकारले भने यस्तो आरोपको खण्डन गर्दै आएको छ ।

मर्फीको शोधलाई पश्चिमा मुलुकका सरकार तथा संयुक्त राष्ट्रसंघले बारम्बार उद्धृत पनि गर्दै आएका छन् । तर, गत फेब्रुअरी महिनामा उनलाई आफ्नो शोध तत्काल रोक्न आग्रह गरेको थियो ।

उनले प्रयोग गर्ने ‘फोर्स लेबर ल्याब’ नामक वेबसाइट पनि बन्द गरियो । अक्टोबर महिनामा भने विश्वविद्यालयले माफी माग्दै मर्फीको शोधमा लगाएको प्रतिबन्ध फुकुवा ग¥यो । यस घटनाबाट बेलायती विश्वविद्यालय पनि चिनियाँ प्रभाव र दबाबको मारमा रहेको प्रष्ट भएको गार्जियनले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  १ : ०४ बजे

इरानको दाबी– इजरायली गोप्य एजेन्सीको कार्यालय र दुईवटा एयरबेसमा हमला

तेहरान- इरानले ड्रोनमार्फत इजरायलका दुईवटा एयरबेस र गोप्य एजेन्सीको मुख्यालयमा

इराकमा अमेरिकी तेल ट्यांकरमाथि हमला, एक भारतीयको मृत्यु

काठमाडौं– इराकको बसरा नजिक कच्चा तेल बोकेको अमेरिकी ट्यांकरमाथि भएको

अमेरिका नै भन्छ : इरानको सत्ता तत्काल ढल्न सक्ने देखिएन

वासिङ्गटन- अमेरिकी सरकारकै एक रिपोर्टले इरानको वर्तमान सरकार तत्कालै ढल्न

सीजीले ल्यायो एसीमा ‘फ्री सर्भिसिङ क्याम्प’ र एक्सचेन्ज अफर

काठमाडौं– सीजीले गर्मी मौसम सुरु हुनुअघि नै ‘फ्री एसीसर्भिस क्याम्प’ र आकर्षक ‘एक्सचेन्ज अफर’

टीसीएलको ‘गर्मीलाई भगाऔं, निःशुल्क एसी सर्भिसिङ गराऔं’ अभियान सुरु

काठमाडौं– टीसीएल नेपालले ग्राहकलाई नि:शुल्क एसी सर्भिस, एक्स्चेन्ज र आकर्षक