जनकपुरका तीन ब्याटर सस्तैमा पेभेलियन फर्किए « Khabarhub

जनकपुरका तीन ब्याटर सस्तैमा पेभेलियन फर्किए


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनको पच्चिसौँ खेलमा अहिले जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी खेलमा जनकपुरले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । खेलमा जनकपुरले तीन विकेट गुमाएको छ ।

पहिलो विकेटका रुपमा जनकपुरका माज शदाकत आउट भए । खेलको पहिलो ओभरको पाचौँ बलमा उनी आउट भए । लुम्बिनीका जेजे स्मिटको बलमा उनी ‘कट बिहाइन्ड’ भए ।

आउट हुनुअघि उनले ५ बलमा ६ रन जोडे । त्यसैगरी, दोस्रो विकेटका रुपमा अनिल साह आउट भए । खेलको ४ ओभर ३ बलमा उनी रुबेन ट्रम्पलम्यानको बलमा उनी एलबीडब्लू आउट भए । आउट हुनुअघि उनले १० बलमा ७ रन जोडे ।

त्यस्तै, तेस्रो विकेटका रुपमा आशिफ शेख आउट भए । खेलको ५ ओभर ३ बलमा उनी शेर मल्लको बलमा रुबेन ट्रम्पलम्यानबाट क्याच आउट भए । आउट हुनुअघि शेखले १७ बलमा २० रन जोडे ।

जनकपुर एनपीएलको अंक तालिकाको पुछारमा छ भने लुम्बिनी चौथो स्थानमा छ ।

एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर भइरहेका छन्। नेपाल क्रिकेट सङ्घ ९क्यान०ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ। मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुने छ।

एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन्। शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपैयाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ।

प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ।

एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ४ : ३६ बजे

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यबाट तम्घास–बुर्तिबाङ १३२ केभी प्रसारणलाइनको अनुगमन

गुल्मी– नेपाल विद्यूत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ‘बुर्तिबाङ–पौदीअमराइ–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२

बैतडीमा ४०७ जनाले हातहतियार बुझाए

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई

रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश

रोल्पा – रोल्पामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका ३५

बङ्गलादेशका प्रधानमन्त्रीद्वारा निर्वाचनको सफलताको कामना

काठमाडौं– बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले नेपालमा यही फागुन २१ गतेका

स्वीकृति नलिइ भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापे