मधेशमा कांग्रेसका यादव मुख्यमन्त्री बन्दै, सात दलको तर्फबाट दाबी पेश « Khabarhub

मधेशमा कांग्रेसका यादव मुख्यमन्त्री बन्दै, सात दलको तर्फबाट दाबी पेश


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मधेश प्रदेशको नयाँ मुख्यमन्त्री बन्ने भएका छन् ।

गत कात्तिक २४ गते मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता सरोज यादवले २२ दिनमै राजीनामा दिएपछि सात दलले शुक्रबार नयाँ सरकारमा दाबी पेश गरेका हुन् ।

जनकपुरधामस्थित प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष यादवले सात दलकोतर्फबाट बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

सात दलबीच आपसमा मुख्यमन्त्रीलाई लिएर दाबी भइरहेका बेला यादवको नाममा सहमति जुटेको हो । लोकतान्त्रि समाजवादी पार्टी पछि हटेसँगै अब मधेशको सत्ता कांग्रेसको पोल्टामा जाने पक्का भएको छ।

प्रदेश प्रमुखले दिएको समयसीमा शुक्रबार साँझ सकिनै लागेको अवस्थामा सात दलीय गठबन्धनले कांग्रेस दलका नेता यादवलाई सर्वसम्मत मुख्यमन्त्रीमा अघि सारेका हुन् ।

एमाले दलका नेता यादवको नेतृत्वको सरकार बहमुत नजुट्ने भएर ढलेको थियो । सर्वोच्च अदालतले एमाले दलका नेता यादवलाई २४ घण्टाभित्र विश्वास लिन आदेश दिँदै यदि त्यसो नभए संविधानको धारा १६८(२) अनुसार नयाँ सरकारको आह्वान गर्न भनेको थियो ।

प्रदेश प्रमुख कर्णले दुई वा बढी दलको बहुमत जुटाउने सदस्यलाई दाबी पेश गर्न यसअघि बुधबार आह्वान गरेका थिए। यादवको पक्षमा ७६ जना सांसद भएकाले उनी मुख्यमन्त्री निश्चित भएका छन् ।

सात दलीय गठबन्धनमा कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीसहित छन् ।

मधेशमा कांग्रेसका २२, जसपा नेपालका १९, जनमतका १३, माओवादी केन्द्रका ९, लोसपाका ७, एकीकृत समाजवादीका ७ र नागरिक उन्मुक्तिका १ सदस्य छन्।

उता अब प्रतिपक्षमा पुगेको एमालेका २५ जना सांसद छन् । एमाले मधेशमा ठूलो दलहो । उता राप्रपा र नेपाल संघीय समाजवादी पार्टीका एक–एक सदस्य छन्। अहिले एमाले, जसपा नेपाल र लोसपाका एक–एकजना सांसद निलम्बित अवस्थामा छन् । मधेशमा यो एक महिनाभित्र तीनजना मुख्यमन्त्री हुने पक्का भएको छ ।

कात्तिक २४ गते जितेन्द्र सोनलले राजीनामा दिएपछि एमाले दलका नेता यादव महोत्तरीको बर्दिबासस्थित पानस होटलमा शथप र नियुक्ति लिएर मुख्यमन्त्री बनेका थिए । तर उनी बुधबारदेखि हटे । अब कांग्रेस दलका नेता यादव सात दलको समर्थनमा मुख्यमन्त्री हुने भएका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ४ : ५४ बजे

बालुवाटारको सर्वपक्षीय बैठकमा को को सहभागी छन् ?

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले डाकेको राजनीतिक दल, निर्वाचन आयोग र

जेन-जी आन्दोलनमा भएको तोडफोड र आगजनीविरुद्ध एमालेले दियो प्रहरीमा जाहेरी

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा सरकारी कार्यालय, पार्टी कार्यालयका साथै निजी

मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलान्यास

कर्णाली– कर्णाली प्रदेशको राजधानी सहर सुर्खेत वीरेन्द्रनगरमा मानव सेवा आश्रमको

लुम्बिनीले इनिङको पहिलो बलमै गुमायो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनको पच्चिसौँ खेलमा अहिले