पाँच दल, निर्वाचन आयोग र सुरक्षा प्रमुखको बैठक सुरु (तस्बिरहरू) « Khabarhub

पाँच दल, निर्वाचन आयोग र सुरक्षा प्रमुखको बैठक सुरु (तस्बिरहरू)


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीद्वारा आव्हान गरिएको राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकायका प्रमुखहरूसँगको बैठक सुरु भएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । बैठकमा निर्वाचन तयारी, सुरक्षा व्यवस्था र निर्वाचन वातावरणका विषयमा केन्द्रित रही छलफल भइरहेको छ ।

बैठकमा नेपाल सरकारका मन्त्रीहरू, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत राजनीतिक दलका प्रतिनिधि सहभागी रहनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा निर्वाचन आयोग, सुरक्षा निकाय, सुरक्षा निकायका प्रमुखसमेत रहेका छन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनलाई केन्द्रित गर्दै सरकारले सरोकारवाला पक्षसँग निरन्तर छलफल गर्दै आएको छ ।

निर्वाचनका लागि आयोगले दुवै निर्वाचनको कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ । निर्वाचनमा भाग लिन भनी आयोगमा निवेदन दिएका दलहरूले निर्वाचन केन्द्रित गतिविधि अगाडि बढाइसकेका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी  

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ५ : ०१ बजे

सरकारले विस्थापन होइन व्यवस्थापनको नीति अँगालोस् : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले विस्थापन नभएर

देउवाको स्पष्टीकरण : बूढानीलकण्ठस्थित निवास बेचेको होइन, बिक्री गर्ने योजना पनि छैन

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले काठमाडौंको बूढानीलकण्ठस्थित निजी

संसद्‍मा हर्कको माग- देशको आर्थिक अवस्था सुल्झाउन खेतीबारीका समस्या समाधान गरौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले खेतीबालीको समस्या समाधान

कांग्रेसले संसद्‍मा सोध्यो : जेन-जीका नाममा सिंहदरबार र संसद् भवन किन जलाइयो ?

काठमाडौं– नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले गत भदौ २३ र

विभेदको कुरा गर्छौँ सदनभित्रै विभेद भयो : हर्क साम्पाङ

काठमाडौं– प्रतिनिधि सभामा आफ्नो पार्टीलाई छोटो समय दिएकोमा श्रम संस्कृति