लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको योगदान महत्त्वपूर्ण : मुख्यमन्त्री शाह « Khabarhub

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको योगदान महत्त्वपूर्ण : मुख्यमन्त्री शाह


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारजगत्को महत्त्वपूर्ण योगदान रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको ‘प्रेस युनियनसँग मुख्यमन्त्री कार्यक्रम’ लोकतान्त्रिक व्यवस्थालाई थप संस्थागत गर्न पनि पत्रकारबाट सोहीअनुसारको भूमिका अपेक्षा गरिएको बताए ।

मुख्यमन्त्री शाहले भने, ‘जनतालाई स्वतन्त्र र अधिकार सम्पन्न बनाउन मिडियाकर्मीको ठूलो भूमिका छ । यस भूमिकालाई थप सशक्त बनाउँदै लैजानुपर्छ । यसले समग्र क्षेत्रको सम्मान बढ्नेछ ।’

उनले समग्र व्यवस्था र लोकतान्त्रिक पद्धतिलाई विकास गर्ने सन्दर्भमा सरकार मिडियालाई साथमै लिएर अगाडि बढ्ने भन्दै यस क्षेत्रको विकासका लागि पनि सरकार साथमा रहेको बताए । 

मुख्यमन्त्री शाहले आफू नेतृत्वको सरकारले गरेका कामको आलोचनात्मक समीक्षा गर्दै राम्रो कामका लागि झकझक्याइरहन आग्रह गरे । 

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ५ : ३६ बजे

होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत

एजेन्सी– मध्यपूर्वमा जारी तनावबीच डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले होर्मुज

जेन-जी रेडफोर्सकी संयोजक तिमल्सिना पक्राउ, सरकारको आलोचना नगर्ने सर्तमा छाडियो

काठमाडौं– नेकपा सम्बद्ध जेन–जी रेडफोर्सकी संयोजक स्मृति तिमल्सिनालाई प्रहरीले नियन्त्रणमा

एमाले सांसदहरूले ओलीलाई रिहा गर्नु भन्दा केही बोलेनन् प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार पनि प्रदेशगत रुपमा सांसदहरूसँग छलफल

शासकीय सुधारका कार्यसूची : एक महिनाभित्र बन्नेछन् यी समिति, कार्यदल र अध्ययन टोली

काठमाडौं– सरकारको कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन मन्त्रिपरिषद्बाट

जरूरी आयोजनालाई प्राथमिकता दिएर अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले अत्यन्त जरुरी आयोजनाहरूलाई प्राथमिकताका आधारमा अघि