लगातार दुई बलमा लुम्बिनीले गुमायो दुई विकेट « Khabarhub

लगातार दुई बलमा लुम्बिनीले गुमायो दुई विकेट


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनको पच्चिसौँ खेलमा अहिले जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा जनकपुरले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याउँदै लुम्बिनी लायन्सले जवाफी ब्याटिङ गरिरहेको छ ।

खेलमा लुम्बिनीले दुई बलमा लगातार दुई विकेट गुमाएको छ । १२ औँ ओभरका अन्तिम दुई बलमा मयन यादवले दुई विकेट लिए । खेलको ११ ओभर ५ बलमा लुम्बिनीका कप्तान रोहित पौडेल एलबीडब्लू आउट भएका छन् । आउट हुनुअघि उनले ३२ बलमा ३४ रन जोडे । त्यसलगत्तै ११ ओभर ६ बलमा सन्दीप जोरा पनि एलबीडब्लू आउट भए । उनले खाता खोल्न सकेनन् ।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३२ रन बनायो । जनकपुरका लागि सङ्गीथ कुरेले सर्वाधिक नट आउट ४५ रन बनाए । ३८ बलको सामना गरेका उनले दुई चौका र एक छक्का प्रहार गरे । त्यसैगरी, मयन यादवले २३ बलमा २७ रन जोडे । त्यस्तै, ओपनर आशिफ शेखले १७ बलमा २० रनको योगदान दिए ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेल र शेर मल्लले समान दुई विकेट लिए । त्यसैगरी, रुबेन ट्रम्पलम्यान र जेजे स्मिटले समान एक विकेट लिए । जनकपुर एनपीएलको अंक तालिकाको पुछारमा छ भने लुम्बिनी चौथो स्थानमा छ ।

एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर भइरहेका छन्। नेपाल क्रिकेट सङ्घ क्यानले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्दै आएको छ । मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुने छ ।

एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन् । शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपैयाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ।

प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ ।

एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ६ : ५० बजे

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत

काठमाडौं- विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका सम्पत्ति

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास