प्रधानन्त्री दलका नेताहरूसँग भनिन्- आगजनी गर्ने बानी पर्दा भोलिका दिनमा जो-कसैलाई जलाउने चिन्ता भयो « Khabarhub

प्रधानन्त्री दलका नेताहरूसँग भनिन्- आगजनी गर्ने बानी पर्दा भोलिका दिनमा जो-कसैलाई जलाउने चिन्ता भयो


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा शुक्रबार बालुवाटारमा आयोजित निर्वाचनसम्बन्धी सर्वपक्षीय बैठक सम्पन्न भएको छ।

यो बैठकमा प्रधानमन्त्रीले भदौ २३ र २४ का हिंसात्मक घटनाबारे चिन्ता व्यक्त गर्दै आगजनी गर्ने प्रवृत्ति बढे भोलि जोकोहीले जो–कसैलाई जलाउन सक्ने अवस्था सिर्जना हुने बताइन्।

सेनाले आफ्नो काम सुरु गरिसकेको बताउँदै उनले प्रहरीले कानुनी शासन कायम राख्न निरन्तर काम गरिरहेको बताइन् । ‘भदौ २३ गते निहत्था युवा मारिए, भोलिपल्ट आगजनी भयो। यो किन र कसले गर्‍यो भन्ने विषय अध्ययनले बताउनेछ,’ प्रधानमन्त्रीले भनिन्।

काठमाडौँमा ठूलो क्षति हुँदा ललितपुरमा तुलनात्मक रूपमा कम भएको उल्लेख गर्दै उनले ललितपुरका बासिन्दाले धेरै स्थानमा विध्वंस रोक्न भूमिका खेलेको बताइन्।

समाजले खराब तत्वलाई रोक्ने क्षमता विकास गर्नुपर्ने बताउँदै प्रधानमन्त्रीले छिमेकी वा साथीभाइको घरसम्म जोगाउन नसक्नु चिन्ताको विषय भएको उल्लेख गरिन्।

उनले यस्तो घटनाबाट पीडित सबैप्रति क्षमा याचना गर्दै यस्तो हृदयविदारक अवस्था फेरि नदोहोरियोस् भनेर सबैले सोच्नुपर्ने आग्रह गरिन्।

बैठकमा सरकारका चार मन्त्री, सात राजनीतिक दलका शीर्ष नेता, निर्वाचन आयोग र चारै सुरक्षा निकायका प्रमुखहरू सहभागी भए ।

बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा र सञ्चारमन्त्री जगदीश खरेल उपस्थित रहे। राजनीतिक दलतर्फ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका प्रतिनिधिहरू सहभागी थिए।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित सात सदस्यीय टोलीले आयोगको तयारीबारे विस्तृत बিৱरण प्रस्तुत गर्‍यो। चारै सुरक्षा निकायका प्रमुखहरूले आसन्न निर्वाचनका लागि सुरक्षा स्थिति, चुनौती र तयारीबारे बैठकलाई जानकारी दिए।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले वर्तमान राजनीतिक परिस्थितिमा निर्वाचन नै सबैको साझा बाटो भएको बताइन्। उनका अनुसार बैठकले निर्वाचनको माहोल बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।

प्रधानमन्त्रीको मुख्य सन्देश

प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ का घटना देशको जीवनमा ठूलो मोड भएको बताउँदै त्यसले नयाँ राजनीतिक दिशाको आवश्यकता स्पष्ट पारेको उल्लेख गरिन्। उनले भनिन्, ‘निर्वाचन हुन्छ कि हुँदैन भन्ने होइन, अब कसरी सफल बनाउने भन्ने सोच्नुपर्ने बेला हो। सबै दल एकमत भए निर्वाचनमा कसैले खलल पार्न सक्दैन’, उनले भनिन् ।

कार्कीले समाज र समुदायलाई नै सुरक्षाको पहिलो कडी बताउँदै आगजनी र हिंस्रक घटनाबाट सिकेर अब शान्त र सुरक्षित वातावरण बनाउन सबैको जिम्मेवारी रहेको बताइन्।

उनले युवाको विद्रोहपछि मुलुकले खोजेको परिवर्तन संस्थागत गर्न बलियो सरकार आवश्यक भएको बताइन्। ‘हामी दलको विरोधी होइनौं। दललाई स्थापित गर्न नै चुनाव चाहिएको हो,’ प्रधानमन्त्रीले अगाडि भनिन् ।

सरकारले निष्पक्ष र विश्वसनीय निर्वाचनका लागि आवश्यक सबै तयारी भैरहेको बताउँदै उनले जनताप्रति कुनै निजी स्वार्थ नभएको स्पष्ट पारिन्। उनले थपिन्, ‘यो सरकार अन्तरिम व्यवस्थापनको लागि आएको हो। देशले दिएको जिम्मेवारी पूरा गर्नेबाहेक हाम्रो अर्को उद्देश्य छैन।’

बैठकमा प्रधानमन्त्रीले जेन-जी आन्दोलनपछि आएको नयाँ परिस्थितिमा सबै दललाई सहकार्य र विश्वासका साथ अघि बढ्न आग्रह गरिन्। बैठकमा सहभागी सबै पक्षले निर्वाचन समयमै र सफलतापूर्वक गराउन प्रतिवद्धता जनाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ८ : १६ बजे

कंगोसँगको बराबरीपछि रोनाल्डोको प्रतिक्रिया- सुरुवात राम्रो भएन तर खेल अझै सकिएको छैन

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोले सामाजिक सञ्जाल फेसबुकमा पोर्चुगलको निराशाजनक सुरुवातप्रति

केप भर्डका गोलरक्षककी आमाले पाइन् अमेरिकी भिसा, मियामीमा भेट हुने

वासिङ्टन – जारी फिफा विश्वकप २०२६ मा सनसनीपूर्ण प्रदर्शन गरिरहेका

क्रोएसियामाथि इङ्गल्यान्ड ४–२ ले विजयी, कप्तान केनले बनाए कीर्तिमान

टेक्सास – कप्तान ह्यारी केनको दुई गोलको मद्दतले इङ्गल्यान्डले फिफा

अमेरिका-इरान युद्ध रोक्ने समझदारीमा डिजिटल हस्ताक्षर

वासिङ्टन – अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्ने उद्देश्यका

कंगोसँग पोर्चुगलको बराबरी: रोनाल्डो गोल गर्न चुके

काठमाडौँ – उपाधि दाबेदार मानिएको पोर्चुगल फिफा विश्वकप २०२६ को