पाँच महिनामै जंगली जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु « Khabarhub

पाँच महिनामै जंगली जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो पाँच महिनामा विभिन्न जंगली जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु भएको जनाएको छ ।

साउनदेखि मंसिरसम्म जंगली जनावरको आक्रमणबाट भएको मानवीय क्षतिको विवरण प्रहरीले सोमबार सामाजिक सञ्जाल एक्स (ट्विटर)मार्फत सार्वजनिक गरेको हो । 
  
प्रहरीका अनुसार जंगली जनावरको आक्रमणबाट ५ महिनाको अवधिमा ५९९ जना घाइते भएका छन् । जंगली जनावरको आक्रमणमा परेका २५६ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । 

चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो पाँच महिनामा सबैभन्दा बढी सर्पदंशबाट मानिसहरूको मृत्यु भएको छ । प्रहरीका तथ्यांकअनुसार ५ महिनाको अवधिमा सर्पदंशबाट ७० जनाको मृत्यु भएको छ । 

यस्तै हात्तीको आक्रमणबाट ६, बाघको आक्रमणबाट ३ र गैँडाको आक्रमणबाट ४ जनाको मृत्यु भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । प्रहरीका अनुसार पछिल्ला ५ महिनामा सर्पदंशबाट ५३२ जना, हात्तीको आक्रमणबाट १४ जना, बाघको आक्रमणबाट २४ जना, गैँडाको आक्रमणबाट १४ र भालुको आक्रमणबाट १३ घाइते भएका छन् । 

प्रहरीले संर्पदंशबाट २३६ जना, हात्तीको आक्रमणबाट ३ जना, बाघको आक्रमणबाट, ११, गैँडाको आक्रमणबाट ४, भालुको आक्रमणबाट २ जनाको उद्धार गरेको छ । नेपाल प्रहरीले जंगली जनावरबाट भएका घटनामा १ हजार ८३५ प्रहरी परिचालन गरिएको पनि जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  १२ : २७ बजे

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा