यस पटक भएन सामूहिक छलफल, हरेक केन्द्रीय सदस्यले तीन मिनेट बोल्दै | Khabarhub Khabarhub

एमाले केन्द्रीय कमिटी बैठक

यस पटक भएन सामूहिक छलफल, हरेक केन्द्रीय सदस्यले तीन मिनेट बोल्दै


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं केन्द्रीय समिति बैठक दोस्रो दिन ललितपुरको च्यासलस्थित कार्यालयमा सुरु भएको छ ।

१० महिनापछि बसेको बैठकको दोस्रो दिन सोमबार पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदैछ ।

दस्तावेजहरूमाथि यसअघि गरिने सामूहिक छलफलको परम्परा तोड्दै एमालेले यस पटक नयाँ अभ्यास गरेको छ । उसले यस पटक ओलीले बैठकमा प्रस्तुत गरेको ४७ पृष्ठ लामो प्रतिवेदनबारे र अन्य विषयमा हरेक केन्द्रीय सदस्यलाई बोल्न तीन मिनेट समय दिएको छ ।

यस पटक ओलीको राजनीतिक प्रतिवेदन र अर्को सांगठानिक प्रतिवेदनमा सबै केन्द्रीय सदस्यलाई बोल्न दिइएको हो । प्रतिवेदनसहित समसामयिक विषयमा केन्द्रीय सदस्यलाई बोल्न तीन मिनेटको समय दिइएको उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताए ।

ओलीको राजनीतिक प्रतिवेदनमा आगामी कार्ययोजना, पार्टी सङ्गठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषय समेटिएका छन् ।

एमालेको बैठकमा तीन सय ५७ केन्द्रीय सदस्य, सात प्रदेशका अध्यक्ष र चारवटा केन्द्रीय आयोगका प्रमुख सहभागी रहेका छन् । बैठक सकेसम्म सोमबार नै सक्ने तयारी छ । यदि नसकिएमा मंगलबार टुंग्याउने गरी एमालेले छलफल अघि बढाएको छ ।

एमाले केन्द्रीय कमिटी बैठक २०८० फागुनमा बसेयता बस्न सकेको थिएन । २०८१ असार ३० गते ओली प्रधानमन्त्री बनेयता यो पहिलो केन्द्रीय कमिटी बैठक हो ।

ओलीले सरकार बनेयताको अवधि र नेपाली कांग्रेससँगको सत्ता सहकार्यबारे पनि समीक्षात्मक प्रतिवेदन पेश गरिसकेका छन् ।

ओलीको प्रतिवेदनमा गठबन्धन सरकार, सरकार बनेयताको ६ महिने उपलब्धि र आगामी दिनका कामबारे उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  १२ : १७ बजे

दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा मोटरसाइकल र कार

खैरो हेरोइन ल्याउने र लिन बसेका युवा पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषध खैरो हेरोइन ल्याउने र सो

गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट

गोरखा – गोरखाको चुमनुब्री गाउँपालिका–६, ताजुमा आगलागी हुँदा तीन वटा

स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाइ

कालिकोट – स्थानीयले अवरोध गर्दा सुदूरपश्चिमको अछाम जिल्लाबाट कालिकोटसम्म विद्युत्

प्रधानमन्त्री कपः आर्मीले सुदूरपश्चिमलाई हरायो

बैतडी – प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको