लेखराजको नगरका ४६ संगठित सदस्यले छाडे एमाले « Khabarhub

लेखराजको नगरका ४६ संगठित सदस्यले छाडे एमाले


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)का सचिव लेखराज भट्टको गृहनगर कैलालीको गोदावरी नगरपालिकाको एकै वडाका ४६ जना संगठित सदस्यहरूले पार्टी परित्याग गरेका छन् । 

भट्टको गृहनगर गोदावरी नगरपालिका–२ का ४६ जना एमालेका संगठित सदस्यहरूले एकै दिन सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका हुन् । 

उनीहरूले पुस ११ गते एमालेको नगर कमिटी अध्यक्षलाई हस्ताक्षर र संगठित सदस्यता नम्बरसहित उल्लेख गरेर सामूहिक राजीनामा पत्र बुझाएका हुन् । 

यसरी राजीनामा दिनेहरू सबै ४६ जना सचिव भट्टसँगै नेकपा माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरेकाहरू हुन् । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले उक्त राजीनामा पत्र सोमबार मात्रै सार्वजनिक गरेको छ ।

एमाले परित्याग गर्नेहरूले एमाले भएर बस्दा पनि आफूहरूले पटक–पटक अपमानित हुनुपर्ने, राजनीतिक रूपमा पूर्वमाओवादी भनेर अपहेलित हुनुपर्ने, मूल नेतृत्व कै विरुद्ध तलैसम्म गुटबन्दी गर्ने परम्परा भित्र बस्न नसकिएको निष्कर्षमा पुगेको राजीनामा पत्रमा उल्लेख गरेका छन् । 

‘अहिलेको एमालेको नीति विभिन्न पार्टीका कार्यकर्तालाई जति सक्यो बढी भित्र्याउने भए पनि त्यसका विरुद्ध मुख्य नेतृत्व खास गरी महासचिव शंकर पोखरेल र अन्य केही नेताहरूले जनयुद्धका बारेमा लगातार प्रहार गरेपछि अब यहाँभित्र हामीले बसिरहनु आवश्यक ठानेका छैनौँ,’ एमाले परित्याग गरेका पूर्वमाओवादीहरूको राजीनामा पत्रमा भनिएको छ ।

पार्टी छोड्नेको नामावली

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  १२ : ३४ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका