ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल सिंहदरबारबाट पक्राउ | Khabarhub Khabarhub

ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल सिंहदरबारबाट पक्राउ


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


651
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने मार्गबारे भारत-चीन सहमतिविरुद्ध धर्ना बसेका ग्रेटर नेपालका संयोजक फनिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ।

सोमबार मध्यान्हदेखि धर्नाका लागि सिंहदरबारको दक्षिण ढोकामा धर्ना दिएका उनलाई निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा प्रहरीले धरपकडसहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई महानगरीय प्रहरी बृत्त सिंहदरबारमा राखिएको छ । नेपालले लिपुलेकको नेपाली सार्वभौमसत्तामाथि भारतीय ज्यादतिविरुद्ध भन्दै धर्ना बसेका थिए ।

चीन र भारतले मानसरोवर जाने मार्गका रुपमा लिपुलेक प्रयोग गर्ने सहमति नेपाल मौन बसेको भन्दै नेपालले विरोध गर्दै आएका छन् ।

नेपाल सरकारले पनि गैरजिम्मेवार अभिव्यक्ति दिएर झन् झन् मौन बसेकोमा उनले आपत्ति जनाएका थिए । उनले यस प्रकरणमा मौन बसेमा नेपाली भूमिको रक्षा गर्न थप असमर्थ हुने बताएका छन् ।

सरकारलाई राष्ट्रियताका पक्षमा बोल्न बाध्य पार्न नागरिक तहबाट सरकारको विरोधका लागि उनले धर्नामा बसेको बताएका थिए । उनी ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको तर्फबाट सोमबार मध्यान्ह १२ बजेदेखि ४ बजेसम्मलाई धर्ना बस्न पुगेका थिए । तर प्रहरीले तत्कालै पक्राउ गरेर लगेको हो ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  २ : १८ बजे

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान