भोलिबाट भ्यालेन्टाइन सप्ताह : प्रियजनलाई कसरी खुसी पार्ने ? « Khabarhub

भोलिबाट भ्यालेन्टाइन सप्ताह : प्रियजनलाई कसरी खुसी पार्ने ?


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फेब्रुअरी महिना लागिसकेको छ र छिट्टै भ्यालेन्टाइन विक सुरु हुन लागेको छ । फेब्रुअरी महिना भनेको प्रेमको महिना हो । यो महिना प्रेमीहरूको लागि समर्पित छ, किनभने यो महिनामा भ्यालेन्टाइन सप्ताह सुरु हुन्छ । दम्पतीहरू वर्षभरि प्रेमको यो हप्ताको उत्सुकतापूर्वक प्रतीक्षा गर्छन् । उनीहरूका लागि भ्यालेन्टाइन वीक कुनै पर्वभन्दा कम छैन । फेब्रुअरी, प्रेमिल महिना हो । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसको रूपमा मनाइने यो महिना प्रेम गर्नेहरूको कुम्भ महिना हो । 

जुन फेब्रुअरी १४ मा भ्यालेन्टाइन डे मा समाप्त हुन्छ । यो फेब्रुअरी ७ मा सुरु हुन्छ र १३ फेब्रुअरीमा समाप्त हुन्छ र त्यसपछि १४ फेब्रुअरीमा भ्यालेन्टाइन डे मनाइन्छ । प्रेम गर्ने जोडी र विवाहित व्यक्तिले मात्रै भ्यालेन्टाइन डे मनाउन सक्छन् भन्ने होइन । जो कोहीले पनि आफ्नो तरिकामा यो विशेष दिनको आनन्द उठाउन सक्छ। भ्यालेन्टाइन विकमा कुन दिन मनाइन्छ थाहा पाउनुहोस् । प्रेमी-प्रेमिका होस् वा नव विवाहित जोडी, सबैले यो हप्ताभर विभिन्न दिन मनाउँछन् । 

भ्यालेन्टाइन सप्ताह मिति सूची 

  • ७ फेब्रुअरीमा गुलाब दिवस अर्थात् राेज डे
  • ८ फेब्रुअरीमा प्रपाेच डे
  • ९ फेब्रुअरीमा चकलेट डे
  • १० फेब्रुअरीमा टेडी डे
  • ११ फेब्रुअरीमा प्रमिस डे
  • १२ फेब्रुअरीमा हग डे
  • १३ फेब्रुअरी मा किस डे
  • १४ फेब्रुअरीमा भ्यालेन्टाइन डे

प्रियजनलाई यसरी खुसी पार्नुहोस् : 

१. यदि तपाईँ भ्यालेन्टाइन सप्ताह विशेष बनाउन चाहनुहुन्छ भने, आफ्नो पार्टनरलाई रोमान्टिक वा प्रेम भरिएको गीतहरूको प्लेलिस्ट दिन सक्नुहुन्छ। जसमा तपाईँको सम्बन्धको विशेष महत्त्व हुन्छ ।

२. यदि तपाईँ पार्टनरलाई विशेष महसुस गराउन चाहनुहुन्छ भने पार्टनरको लागि तपाईँको माया र प्रशंसा व्यक्त गर्दै हस्तलिखित पत्र लेख्न सक्नुहुन्छ।  र पार्टनरको प्रशंसा गर्दै रोमान्टिक कुराहरू गर्न सकिन्छ ।

३ . गुलाबको गुच्छाले पनि तपाईँको भ्यालेन्टाइन सप्ताहलाई अविस्मरणीय बनाउन सक्छ। प्रत्येक फूलमा स-साना कार्डहरू राख्नुहोस् र त्यसमा केही अविस्मरणीय क्षणहरू लेख्नुहोस् र आफ्नो पार्टनरलाई दिनुहोस् । 

३. आफ्नो पार्टनरलाई जीवनभर साथ दिने र तिनीहरूलाई खुसी राख्ने वाचा गर्न सक्नुहुन्छ । तपाईँको एउटै वाचाले उसको मन सदाको लागि जित्न सक्छ।

४.  जसरी अंगालो हालेर मन हलुका हुन्छ, त्यसै गरी आफ्नो माया गर्ने साथीलाई अँगालो हालेर पनि आफ्नो सच्चा मायाको आश्वस्त हुन सकिन्छ । शब्दमा भन्न नसक्ने मानिसले आफ्नो पार्टनरलाई मायाले अँगालो हालेर मात्र आफ्नो मनको अवस्था व्यक्त गर्न सक्छन् ।

५. आफ्नो पार्टनरलाई विशेष उपहार दिएर विवाहको लागि प्रस्ताव पनि गर्न सक्नुहुन्छ । अर्कोतर्फ, विवाहित जोडीहरूले आफ्नो प्रेमलाई विशेष तरिकाले मनाउन सक्छन् ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  १ : १८ बजे

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

धनुषा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी

तस्बिरमा हेर्नुहोस् तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं– तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा

इरानद्वारा इजरायलमा नयाँ क्षेप्यास्त्र प्रहार

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्व थप उग्र बन्दै जाँदा इजरायलमाथि इरानबाट

सुडानको अस्पतालमा ड्रोन आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– मध्य सुडानको ह्वाइट नाइल राज्यको अल–जबालाइन अस्पताललाई लक्षित गरी