‘काठमाडौँ पिंक केयरएथन’ हुँदै  « Khabarhub

‘काठमाडौँ पिंक केयरएथन’ हुँदै 


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिलाहरूको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले यही मार्च २२ गते ‘काठमाडौँ पिंक केयरएथन’ हुने भएको छ । 

लेजर पोर्ट नेपालले  यो कार्यक्रम गर्न लागेको हो । काठमाडौँ पिंक केयरएथनमा महिलाहरूको दौड, जुम्बालगायतका विभिन्न कार्यक्रम आयोजना हुनेछ। 

जुनसुकै उमेर समूहका महिलाहरूले सहभागिता जनाउन सक्ने यो इभेन्टको मुख्य उद्देश्य सधैँ घरायसी काम र दैनिकीमा व्यस्त रहने महिलाहरूलाई आफ्नो स्वास्थ्यको लागि पनि समय निकाल्न प्रेरित गर्नु रहेको आयोजक संस्था लेजर पोर्ट नेपालका अध्यक्ष नमराज जोशीले बताए । 

आयोजकले आज राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार पिंक केयरएथनमा यस पटक पच्चिस सयदेखि तिन हजार महिलाहरू सहभागी हुने अपेक्षा गरिएको छ । कलाकार उषा रजकलाई काठमाडौँ पिंक केयरएथनको गुडविल एम्वासडेटर घोषणा गरिएको छ ।

यसअघि काठमाडौँ पिंकाथनको नाममा हुने गरेको यो कार्यक्रम यस पटक अझ नेपालीपन झल्किने गरी काठमाडौँ पिंक केयरएथन नाममा आयोजना गर्न लागिएको हो । 

लेजर पोर्टले सन् २०१७ देखि २०१९ सम्म तिन वर्षसम्म लगातार आयोजना गरिएको काठमाडौँ पिंकाथन कोभिड महामारी र अन्य सामाजिक आर्थिक कारणले रोकिएको थियो । यो वर्ष इभेन्ट भव्यरुपले पुनरागमन हुने आयोजक संस्थाको दाबी छ ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  १ : २६ बजे

कलाकारलाई चुनावी चस्का : अंगरक्षकदेखि प्रतिस्पर्धीसम्म !

काठमाडौं – देश चुनावमा होमिदा आम जनतामा जस्तै कलाकारहरुको पनि

भारतमा निपाह भाइरसको सङ्क्रमण पुष्टि, नेपालमा उच्च सतर्कता 

काठमाडौं– भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपाल

अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु

एजेन्सी– अफ्रीकाको पूर्वी बुर्किना फासोमा सशस्त्र समूहहरूले गरेको आक्रमणमा कम्तिमा

गण्डकीमा महिलाको उम्मेदवारी न्यून

गण्डकी– गण्डकी प्रदेशमा आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको

दिल्ली उच्च अदालतद्वारा सलमान खानलाई नोटिस, चार हप्ताभित्र जवाफ दिन आदेश

काठमाडौं- बलिउड सुपरस्टार सलमान खान प्रायः कुनै न कुनै कारणले