पत्रकार सम्मेलनमार्फत भीम रावलले गरे अध्यादेशको विरोध  | Khabarhub Khabarhub

पत्रकार सम्मेलनमार्फत भीम रावलले गरे अध्यादेशको विरोध 

माघ २६ गते धनगढीमा जागरण भेला गर्ने


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

धनगढी– मातृभूमि जागरण अभियानमा लागेका पूर्व उपप्रधानमन्त्री भीम रावलले माघ २६ गते धनगढीमा जागरण भेला गर्ने भएका छन् । नेकपा एमालेबाट निष्कासित भइसकेपछि रावलले प्रदेश राजधानी धनगढीमा पहिलो पटक भेला आयोजना गर्न लागेका हुन् । 

उनले अछामबाट भेला आयोजना गर्न सुरु गरेका हुन् । उनको गृह जिल्ला अछाममा रावलले पालिका र वडा समितिसमेत गठन सुरु गरिसकेको रमेश रावलले जानकारी दिए । 

धनगढीमा भेला बारे पत्रकार सम्मेलन मार्फत नेता रावलले जानकारी गराएका हुन् । रावलले कञ्चनपुर र कैलाली केन्द्रित जागरण भेला आयोजना गर्ने बताएका छन् । मातृभूमि जागरण अभियानलाई सशक्त वैकल्पिक शक्तिको रूपमा निर्माणको उद्घोष गरेका उनले भेलामा उपस्थितिको लागि अपिल गरेका छन् ।

‘कैलाली र कञ्चनपुरको जागरण भेला शनिबार गर्दै छौँ । भेलामा जुनसुकै दलमा आबद्ध रहेका देशभक्त नागरिकहरूलाई उपस्थितिको लागि रावलले आह्वान गरेका छन् ।

यसैबिच नेता रावलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशको विरोध जनाएका छन् । प्रधानमन्त्री ओलीलाई आज फेरि निरङ्कुश र स्वेच्छाचारी नेतृत्वको आरोप लगाउँदै उनले संसद् छलेर ल्याएको अध्यादेशको काम समेत नभएको जिकिर गरे ।

‘थुप्रै सङ्गठित व्यक्तिहरूसँग मेरो वार्ता जारी छ । थुप्रै क्षेत्रमा क्रियाशील व्यक्तिहरूसँग पनि हामीले कुराकानी जारी राखेका छौँ त्यही भएर हामी केन्द्रमा केही व्यक्तिहरू जम्मा भएर हाम्रो पार्टी यस्तो भयो, यस्तो पद भयो भन्ने कुरा त्यो सङ्गठन निर्माणको राम्रो कुरा होइन’ उनले भने ‘म मातृभूमि जागरण अभियानमा कुनै नेता हुँ अध्यक्ष हुँ पनि भनेको छैन । म प्रस्तावक मात्रै भन्नुको तात्पर्य के हो भने तल जिल्लाहरूमा मानिसहरूलाई नेतृत्वमा सङ्गठित गर्न लागिरहेका छौँ ।’ सबैले साथ दिनु पर्छ, रावलले थपे । 

वर्तमान गठबन्धन सरकारको औचित्य नभइको टिप्पणी गरेका रावलले संविधान संशोधन र स्थिर सरकारका लागि दुई पार्टी मिलेको भनेर एमाले–कांग्रेसले जनतासँग झुटो बोलिरहेको आरोप लगाए । 

एमालेबाट निष्कासनमा परेपछि रावलले पहिलो पटक माघ ४ गते गृह जिल्ला अछाम आएका हुन् । ५ गते रामारोशनको रनिङ शिल्डमा सहभागी भएर राजनीतिक भेटघाट र संगठन विस्तारको अभियान थालेका रावलले धनगढी भेलालाई पनि अभियान विस्तारका रूपमा लिएका छन् ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  २ : ३५ बजे

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता