‌ओलीबारे प्रचण्ड- आफैँले आफूलाई सफल घोषणा गरेर संसद् र जनता झुक्क्याउने दिन गए  | Khabarhub Khabarhub

‌ओलीबारे प्रचण्ड- आफैँले आफूलाई सफल घोषणा गरेर संसद् र जनता झुक्क्याउने दिन गए 


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार प्रगतिको तथ्यांकमा नभएर मिथ्यांक र आत्मरतिमा रमाइरहेको टिप्पणी गरेका छन् । 

प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको बिहीबार बसेको दोस्रो बैठक सम्बोधन गर्दै प्रचण्डले आत्मरतिमा आत्मसन्तोष मिले पनि देशको भलो नहुने टिप्पणी गरे । 

‘प्रधानमन्त्रीका रूपमा मैले यो सम्मानित संसदमा एउटा परम्परा सुरु गरेको थिएँ, रिपोर्ट कार्डको परम्परा । तर, अहिले संसदमा रिपोर्ट कार्ड होइन, तथ्य होइन, मिथ्या कल्पना र आत्मरति सुनिन थालेको छ,’ उनले भने । 

पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल–पाल्पा सडकखण्डमा भएका दुर्घटनाबारे सदनमा दिएको अभिव्यक्तिबारे पनि अध्यक्ष प्रचण्डले खण्डन गरे । 

‘अस्ति हामीले यो संसदमा सुन्यौँ, पछिल्ला नौ वर्षमा बुटवल–पाल्पा सडकखण्डमा ४२ पटक सवारी दुर्घटना भएर धेरैको ज्यान गएको समाचार पढेर प्रधानमन्त्रीजीको आङ सिरिङ भयो,’ प्रचण्डले भने, ‘उहाँ भावुक हुनुभयो, अनि उहाँले सङ्कल्प गरेर स्वस्थानीकै शैलीमा सिद्धबाबा सुरुङमार्ग बनाउनुभयो । २०७९ माघमा काम सुरु भएको र अहिलेसम्म जम्मा ४०.१८ प्रतिशतको हाराहारीमा प्रगति भएको सिद्धबाबाको जस पनि ६ महिनाअघिका प्रधानमन्त्रीले लिनुपर्ने ? यसले नै भन्दैन र सरकारको प्रस्तुति कति कमजोर छ ?’ 

नारायणघाट–बुटवल सडकखण्डको पनि प्रगति ५३.३ प्रतिशत मात्रै रहेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले आफैँ आफ्नो पिठ्युँ थपथप्याएर, आफैँले आफूलाई प्रमाणपत्र दिएर, आफैँले आफूलाई सफल घोषणा गरेर संसद् र जनता झुक्क्याउने दिन अब नरहेको बताए । 

‘नियमित कामका स्वाभाविक प्रगतिलाई सरकारको सफलताको रूपमा रंगरोगन गर्नुभन्दा राष्ट्रका दीर्घकालीन आवश्यकताका बारेमा संसदमा छलफल चलाउनुहोस्, हामी साथ दिन्छौँ,’ प्रचण्डले भने, ‘बनिबनाऊ पूर्वाधारको जस खोसाखोस गर्न छाडेर नयाँ पूर्वाधारका चुनौतीमाथि छलफल सुरु गरौँ, हामी सहभागी हुन्छौँ । संसदमा मिथ्यांक र आत्मरतिबाट कसैलाई आत्मसन्तोष मिल्ला, तर देशको भलो हुँदैन ।’

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  ३ : १८ बजे

रिलाइन्स स्पिनिङको नक्कली अडिट धितोपत्र बोर्डमा मिलाइएको प्रचण्डको आरोप

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले

सुरक्षा उपकरण किन्दा घुस- सुनील पौडललाई अर्को भ्रष्टाचार मुद्दा, भारतीय नागरिक दीपक आनन्द पनि तानिए

काठमाडौं- राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध

रविलाई ५४ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं- सहारा सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका

पार्टी एकताका लागि राप्रपा अनुदार हुनु आश्चर्यजनक : कमल थापा

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले समान बिचार भएकाहरू सबै

‘मम्मी’को प्रिमियर : जब सुलक्षण रिसाएर हलबाट निस्किए, प्रियंकाले कार्यक्रम नै रोकिन्

काठमाडौं – डेब्यू निर्देशक समर निरौलाको फिल्म ‘मम्मी’को प्रिमियरमा एक