संसद्मा गृहमन्त्रीको प्रस्टीकरण- म जातीय विभेद र छुवाछुतविरुद्ध छु  « Khabarhub

संसद्मा गृहमन्त्रीको प्रस्टीकरण- म जातीय विभेद र छुवाछुतविरुद्ध छु 


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले आफू कुनै पनि प्रकारको जातीय विभेद र छुवाछुतविरुद्धमा सधैँ रहेको प्रस्टीकरण दिएका छन् । 

सत्यन्द्र राम र नेहा रौनियारबीच भएको विवाहसम्बन्धमा प्रकाशित समाचार, अभिव्यक्त चासो र सदनमा उठेको विषयबारे प्रष्टीकरण दिँदै उनले यस्तो बताएका हुन् । 

‘छुवाछुत तथा भेदभावविरुद्धको हक एवम् व्यक्तिको नैसर्गिक मानवअधिकारको रक्षा र त्यसको उपभोग गर्न पाउने वातावरण निर्माण गर्ने कुरामा गृह मन्त्रालय क्रियाशील छ,’ संसद् बैठकमा उनले भने, ‘म अत्यन्त ज्यादा संवेदनशील छु । म कुनै पनि प्रकारको जातीय विभेद र छुवाछुतको विरुद्धमा सधैँ रहने छु । र रहेको छु ।’

अन्तरजातीय विवाह गरेका सर्लाहीका सत्येन्द्र र नेहामाथि गृहमन्त्री लेखककै निर्देशनमा अत्याचार भएको आरोपका बारेमा सांसदहरूले बिहीबारको संसद् बैठकमा चासो राखेका थिए ।
 
सांसदहरू शिव नेपाली, अनिशा नेपाली, शान्ति विक, हर्कमाया विक, रनेन्द्र बराइलीलगायतले गृहमन्त्री लेखकको जवाफ माग गरेका थिए ।

गृहमन्त्री लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरे  । 

उनले नेहा र सत्येन्द्रबीचको प्रेम सम्बन्धका विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै भेद्भावविरुद्धको हक कार्यान्वयन गराउन सरकार क्रियाशील रहेको बताए  । 

आफू आबद्ध दल नेपाली कांग्रेस जन्मजातदेखि नै छुवाछुतविरुद्ध रहेको उल्लेख गर्दै उनले अन्तरजातीय विवाहविरुद्ध आफू नरहेको प्रस्ट पारे । 

‘अन्तरजातीय विवाहलाई कानुनले मान्यता दिएको छ, मन्त्रालयले यसलाई अक्षरशः कार्यान्वयन गराउँछ, गृहमन्त्रीबाट अत्याचार भयो भन्नु कपोलकल्पित हो । मन्त्रालयबाट यो विषयलाई प्रस्ट पारिएको छ, पीडितलाई सुरक्षा दिन सरकार लागिरहेको छ । नेहा र सत्येन्द्रको सुरक्षा हुन्छ, त्यसमा सरकार गम्भीर गर्छ’, गृहमन्त्री लेखकले भने ।
 
तथ्यलाई तोडमोड गरेर समाजलाई विभाजनतर्फ नधकेल्न र त्यस्ता समाचार सामग्री तयार नगर्न पनि उनले सञ्चारमाध्यमसँग अनुरोध गरे ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  ३ : ५६ बजे

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा –  सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको