राष्ट्रियसभामा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ पेस | Khabarhub Khabarhub

राष्ट्रियसभामा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ पेस


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१” पेस गरिएको छ । 

राष्ट्रियसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले उक्त विधेयक पेस गर्दै जैविक वा निर्जीव वस्तु प्रमाण, कुनै लिखत मालसामान, भौतिक वस्तु तथा विद्युतीय सामग्री वा अनुसन्धानसँग सम्बन्धित वस्तुलाई वैज्ञानिक विधि र पद्धतिको प्रयोगद्धारा प्रमाणको संकलन, विश्लेषण तथा परीक्षण गर्न आवश्यक भएकाले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना तथा सञ्चालन गर्न आवश्यक रहेको बताए। 

न्याय सम्पादनमा सहयोग पुर्‍याउन र विधि विज्ञानको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा परीक्षण गर्ने प्रयोजनको लागि पनि सो विधेयक आवश्यक रहेको उनको भनाइ छ । 

मन्त्री भट्टराईले प्रयोगशालाको स्थापना तथा काम, कर्तव्य र अधिकार, सञ्चालक समितिको गठन र काम कर्तव्य र अधिकार, परीक्षणसम्बन्धी व्यवस्था, कार्यकारी निर्देशक र कर्मचारीसम्बन्धी व्यवस्था, प्रयोगशालाको कोष, लेखा तथा परीक्षण, डिएनए डाटा बैंकको व्यवस्था विधेयकमा प्रस्ताव गरिएको बताए। 

“वैज्ञानिक विधि र पद्धतिको प्रयोगद्वारा प्रमाणको संकलन, विश्लेषण तथा परीक्षण गरी न्याय सम्पादनमा सहयोग पुर्‍याउन तथा विधि विज्ञान सम्बन्धमा अध्ययन, अनुसन्धान र परीक्षणलाई प्रभावकारी तथा विशिष्टीकृत बनाउन राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन गर्न आवश्यक भएकाले सभासमक्ष यो विधेयक पेस गर्दछु”, उनले भने। 

राष्ट्रियसभाको अर्को बैठक यही माघ २७ गते आइतबार अपरान्ह १ः१५ बजे बस्ने छ ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  ४ : ४६ बजे

ढुकुटीको भ्वाङ बढाएका अर्थमन्त्री पौडेल तनावमा, खर्च बढाउन सचिव गुहारे

काठमाडौं – संसद्‌का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा

प्राधिकरणबाट घिसिङलाई हटाइएकामा माओवादी केन्द्रको विरोध

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेपाल विद्युत् प्राधिकरणका

कांग्रेसमा विचित्र : नेताजति असहमत, निर्णयकर्ता अदृष्य !

काठमाडौं– सरकारले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त

कुलमानलाई किन हटाएको ? एमाले नेताका तीनथरी तर्क

काठमाडौं– सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी

हितेन्द्रदेवको तर्क- मैले न्याय पाएँ, अब लोडसेडिङ हुँदैन, चाँडै सकारात्मक नतिजा आउँछ

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले पदभार