विदेश पठाइदिन्छु भन्दै लाखौँ ठगी गरेको आरोपमा तीन जना पक्राउ « Khabarhub

विदेश पठाइदिन्छु भन्दै लाखौँ ठगी गरेको आरोपमा तीन जना पक्राउ


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेरोजगार युवा-युवतीलाई विदेशमा आकर्षक तलबको प्रलोभनमा पारेर ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुर्खेत गुर्भाकोट नगरपालिका-२ का ३६ वर्षीय रमेशकुमार डिसी, रोल्पा गंगादेव गाउँपालिका-५४१ वर्षीय जैबहादुर वली र मकवानपुर थाहा नगरपालिका-२ का ३८ वर्षीय रविन कार्की रहेका छन् ।

उनीहरूलाई बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनीहरूले रकम लिएर लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाएर सम्पर्कविहीन भएपछि पीडितहरू उजुरी दिन आएका थिए ।

डिसीले सिंगापुर पठाइदिन्छु भनी एक जना पीडितबाट १० लाख रुपैयाँ, वलीले क्रोएसिया पठाइदिने भनी एक जनाबाट ६ लाख रुपैयाँ ठगी गरेको आचार्यले बताए ।

कार्कीले स्लोभाकिया पठाइदिने भन्दै एक जनाबाट १९ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। उनीविरूद्ध वृत्त बौद्धमा बैंकिङ कसुर सम्बन्धी ११ लाख ५० हजार बिगोको दुई वटा मुद्दा विचाराधीन रहेका छन् ।

डिसी र वलीलाई आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ भने कार्कीलाई वृत्त बौद्ध पठाइएको छ ।

बौद्धको बैंकिङ कसुर मुद्दाको अनुसन्धान सकिएपछि कार्कीलाई प्रहरीले वैदेशिक रोजगार विभागमा उपस्थित गराउने भएको छ ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  ६ : १७ बजे

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई

क्यानडा पठाइदिने लोभ देखाएर ठगी, दुईजना समातिए

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि