पोखराको टाइगर माउन्टेनमा बेलायती राजकुमारको बास « Khabarhub

पोखराको टाइगर माउन्टेनमा बेलायती राजकुमारको बास


२४ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

पोखरा – नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार एडवार्ड र उनकी श्रीमती सोफी पोखराको प्रसिद्ध टाइगर माउन्टेन लजमा बास बसेका छन्। कास्कीका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्ने उद्देश्यसहित बिहीबार बिहान नेपाली सेनाको विमानमार्फत् पोखरा आइपुगेका उनीहरूलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले स्वागत गरेका थिए।

पोखरा पुगेपछि राजकुमार दम्पतीले गोर्खा वेलफेयर ट्रस्टले सञ्चालन गरेको वेलफेयर कार्यालयको अवलोकन गरे। उनीहरूले पुराना गोर्खा सैनिक तथा उनीहरूका परिवारका लागि सञ्चालन गरिएका सहयोग कार्यक्रमबारे जानकारी लिए। त्यसक्रममा भूतपूर्व गोर्खा सैनिकहरू तथा बेलायती सेनामा सेवा दिँदा ज्यान गुमाएका सैनिकका परिवारसँग कुराकानी गरे।

सन् १९७५ मा बेलायतका वर्तमान राजा चाल्र्स (त्यतिबेला युवराज) अहिलेको टाइगर माउन्टेन हुँदै पदयात्रामा निस्किएका थिए, जसलाई अहिले ‘रोयल ट्रेक’ नाम दिइएको छ।

बेलायती महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपका कान्छा छोरा एडवर्डलाई हाल ‘ड्युक अफ एडिनबरा’ उपाधि दिइएको छ।

शुक्रबार बिहान उनीहरूले पोखराको दीपस्थित गोर्खा सैनिक भर्ती केन्द्रमा नवभर्ती सैनिकहरूको दीक्षान्त समारोहमा सहभागिता जनाउनेछन्। त्यसपछि लुम्ले पुगेर अन्नपूर्ण गाउँपालिकाको माझगाउँसम्म पदयात्रा गर्नेछन्।

शनिबार माझगाउँबाट लान्द्रुक हुँदै पर्यटकीय गाउँ घान्द्रुक पुगेर रात बिताउने कार्यक्रम रहेको छ। आइतबार बिहान पोखरा फर्किएर त्यसपछि काठमाडौं प्रस्थान गर्ने तय भएको छ।

राजकुमार एडवर्ड दम्पतीलाई यो निजी भ्रमणका क्रममा नेपाल प्रहरी र नेपाली सेनाले ‘ख श्रेणी’ को सुरक्षा प्रदान गरिरहेको छ। काठमाडौंमा रहँदा उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता समेत गरिसकेका छन्।

प्रकाशित मिति : २४ माघ २०८१, बिहीबार  १० : १७ बजे

चट्याङ लागेर एक युवकको मृत्यु

झापा– झापाको गौरीगञ्जमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ

सुकुम्वासी व्यवस्थापनमा पन्छिँदै प्रधानमन्त्री

काठमाडाैँ– काठमाडौँ महानगर प्रमुखको कार्यकालमा नै वालेन्द्र शाहले २०८२ साउन

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

कास्की– पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल

अमेरिकाद्वारा इरानमाथिको तेल प्रतिबन्धमा छुट, १२ अर्ब डलरको फ्रिज कोष फुकुवा हुने

काठमाडौँ – संयुक्त राज्य अमेरिकाले इरानमाथिको तेल प्रतिबन्धमा अस्थायी छुट

सम्पत्ति छानबिनको पक्षमा म अझै अडिग छु, भ्रम नफैलाइयोस्: पूर्वअर्थमन्त्री शर्मा

काठमाडौँ – पूर्वअर्थमन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिनका नाममा आफ्नो संलग्नता