१० खेलाडीमा सीमित बार्सिलोनालाई राफिन्हाले जिताए « Khabarhub

१० खेलाडीमा सीमित बार्सिलोनालाई राफिन्हाले जिताए


२२ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली च्याम्पियन्स लिगको बुधबार राति भएको दोस्रो चरणको पहिलो लेगमा १० खेलाडीमा सीमित बार्सिलोनाले बेनफिकालाई १-० ले हराएको छ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा बार्सिलोनाका लागि राफिन्हाले निर्णायक गोल गरेका हुन्। ब्राजिलियन स्टार राफिन्हाले खेलको ६१ औँ मिनेटमा विपक्षीको रक्षापक्तिंको कमजोरीको फाइदा उठाउँदै गोल गरेका थिए।

राफिन्हाको यो गोल सिजनको २५ औँ हो भने च्याम्पियन्स लिग नवौँ हो।

यसअघि जनवरीमा यी दुई टोलीबीच पहिलो चरणमा प्रतिस्पर्धा भएको थियो। कुल ९ गोल भएको सो खेलमा राफिन्हाले इन्जुरी समयमा बार्सिलोनाका लागि विजयी गोल गरेका थिए।

गएरातिको खेलमा खेलको २२ औँ मिनेटमा बेनफिकाका स्ट्राइकर भेन्गेलिस पाब्लिडिसलाई डी बक्समा फल प्रहार गरे बापत बार्सिलोनाका टिनएजर पाउल काउरेरासीले रातो कार्ड पाएका थिए।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  ५ : ५१ बजे

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक ८ गते आइतबारको राशिफल

काठमाडौँ– २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६ अक्टोबर

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६