राष्ट्रियसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने « Khabarhub

राष्ट्रियसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो सवा १ बजे सुरु हुनेछ ।

आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस हुनेछ ।

यसैगरी बैठकमा सरकारले ल्याएका ६ मध्ये भूमि सम्बन्धी बाहेक पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।

जसमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश– २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश– २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश– २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश– २०८१ र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश– २०८१ रहेका छन् ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ६ : ३८ बजे

विश्वकप उद्घाटनमा साकिरादेखि नोरा फतेहीसम्मले स्टेज तताउने

काठमाडौँ – विश्व फुटबल इतिहासमै पहिलोपटक तीन देश (अमेरिका, क्यानडा

आज कुन देशको मुद्रा कतिमा हुँदै छ खरिद-बिक्री ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक भएको

अमेरिकामा महँगी तीन वर्षयताकै उच्च

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा पछिल्लो महिना मूल्यवृद्धि

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल जेठ २८ गते बिहीबार अधिक जेठ

आज २०८३ साल जेठ २८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ २८ गते बिहीबार अधिक जेठ