गुप्तचर साझेदारीमा युक्रेनलाई सहयोग नगर्ने अमेरिकी निर्णय « Khabarhub

गुप्तचर साझेदारीमा युक्रेनलाई सहयोग नगर्ने अमेरिकी निर्णय


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकाले युक्रेनसँग इनटेलिजेन्स सेयरिङ (गुप्तचर साझेदारी)मा सहयोग नगर्ने निर्णय गरेको छ । यसअघि प्रदान गर्दै आएको यो साझेदारी बन्द गर्दै अमेरिकाले यो निर्णय सार्वजनिक गरेको हो ।

यसले रुससँगको युद्धमा युक्रेनलाई थप अप्ठेरो पर्न सक्ने जनाइएको छ । अमेरिकाले युक्रेनलाई गर्दै आएको सहयोग रोक्ने निर्णय गरेको दुई दिनपछि यो निर्णय भएको हो ।

युद्धको सुरुवात भएदेखि नै अमेरिकाले युक्रेनलाई इनटेलिजेन्स सहयोग गर्दै आएको थियो । सोही महत्त्वपूर्ण डेटाको आधारमा युक्रेनले आफूलाई धेरै स्थानमा क्षति हुनबाट बचाएको थियो । यो सहयोगकै कारण युक्रेनलाई रुसविरुद्ध आक्रमण गर्न समेत सहज भएको थियो ।

सिआइएका प्रमुख जोन रिटक्लिफले युक्रेनी गुप्तचरसँग सहकार्य रोकिएको कुरा स्वीकार गरेका छन् । अहिले युक्रेनलाई फेरि वार्तामा ल्याउन यो स्थगित गरिएको समाचारमा उल्लेख छ ।

गत शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीबीच भएको वार्ता भनाभनमा टुगिंएपछि यसले दुई देशको सम्बन्धमा चिसोपन आएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ६ : ४६ बजे

वेस्टइन्डिजमाथि रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा पुग्यो भारत

काठमाडौं – भारत आइसीसी टी२० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

जलेश्वर कारागारबाट फरार व्यक्ति भारतमा हतियारसहित पक्राउ

जनकपुरधाम- नेपाल–भारत सीमाक्षेत्रमा भारतीय सुरक्षाकर्मीले महोत्तरीको जलेश्वर कारागारबाट फरार एक

माओवादीका पूर्वकेन्द्रीय सदस्यसहितका नेताहरू एमाले प्रवेश

काठमाडौँ- नेकपा माओवादी केन्द्रका तत्कालीन केन्द्रीय सदस्य रवि गौतमसहितका नेता

भ्रमपूर्ण सूचना फैलनसक्ने भन्दै पत्रकार महासंघले गरायो सचेत

काठमाडौँ – नेपाल पत्रकार महासंघले निर्वाचनको रिपोर्टिङमा खटेका पत्रकारहरूलाई समाचार

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि