पाल्पामा डढेलोबाट चार सामुदायिक वनमा क्षति | Khabarhub Khabarhub

पाल्पामा डढेलोबाट चार सामुदायिक वनमा क्षति


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका– १ र २ को सिमानामा पर्ने संसारकोट डाँडामा गत मङ्गलबार दिउँसोदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन ।

अधिक पातपतिङ्गर र लगातारको हावाहुरीका कारण आगो निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

करिब एक सय ७० हेक्टर क्षेत्रफलमा फैलिएका चार वटा सामुदायिक वनमा क्षति भएको छ । डिभिजन वन कार्यालयका अनुसार देउरालीको लेक सामुदायिक वन, भारेखोला सामुदायिक वन, मधुवन सामुदायिक वन र वृन्दावन सामुदायिक वनमा क्षति भएको हो ।

आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीय लागिपरेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ११ : ५२ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास