‘मुन्दुम पदमार्ग’ विस्तारसँगै पुनर्निर्माण सुरु | Khabarhub Khabarhub

‘मुन्दुम पदमार्ग’ विस्तारसँगै पुनर्निर्माण सुरु


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भोजपुर– सरकारको घुम्नै पर्ने सय पर्यटकीय गन्तव्य भित्र पर्न सफल ‘मुन्दुम पदमार्ग’ विस्तारसँगै पुनर्निर्माण थालिएको छ ।

पदमार्गको स्वीस सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा संघीय सरकार, प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा एक करोड रुपैयाँको लागतमा पहिलो चरणको पदमार्ग विस्तारसँगै पुनर्निर्माणको काम थालिएको हो ।

पदमार्ग निर्माणका विषयमा जानकारी गराउने उद्देश्यले पदमार्ग बनिरहेको हाँस पोखरीमा सार्वजनिक सुनुवाइसमेत गरिएको छ । सार्वजनिक सुनुवाइमार्फत योजनाको लागत, योजना सञ्चालन पद्धती, योजना सञ्चालन हुने क्षेत्र र पदमार्ग निर्माण अवधिलगायतको विषयमा सरोकारवाला पक्षलाई जानकारी दिइएको हो ।

यो पदमार्गलाई थप व्यवस्थित बनाउनका लागि पहिलो चरणमा पाँच दशमलव ४४ किलोमिटर पदमार्ग निर्माण तथा पुनर्निर्माण थालिएको टेम्केमैयुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिए । पदमार्गसँगै पयर्टकलाई लक्षित गरेर यहाँ तीन वटा सार्वजनिक सौचालय, दुई वटा रात्री विश्राम स्थल, एउटा खानेपानी धारा निर्माण गरिने उनको भनाइ छ ।

पदमार्गको निर्माण तथा पुनर्निर्माणको लागि स्वीस सरकारको ५१ प्रतिशत, गाउँपालिकाको २२ प्रतिशत, केन्द्र सरकारको ५ प्रतिशत र प्रदेश सरकारको २२ प्रतिशत लागत साझेदारी रहेको प्रशासकीय अधिकृत दाहालले जानकारी दिए ।

मुन्दुम पदमार्ग गाउँपालिकाको गौरवको आयोजना रहेकोले यसको थप विकास तथा विस्तारमा जोड दिइएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् ।

गाउँपालिकाले कृषि र पर्यटनलाई मुख्य प्राथमिकता राखेर यहाँका स्थानीयको समृद्धिको आधार तयार गर्ने लक्ष्यका साथ पदमार्ग विस्तार तथा विकासको काम गरिरहेको उपाध्यक्ष राईले बताइन् । पदमार्गले यहाँको धर्म, सस्कार, सस्कृति रहनसहन, रितिरिवाजको जर्गेनासँगै स्थानीय कृषि उत्पादनलाई पर्यटनसँग जोड्न टेवा पुग्ने उनको भनाइ छ ।

मुन्दुम पदमार्ग एक मात्र राम्रो पदमार्ग रहेकाले यसलाई संरक्षण गर्न आवश्यक रहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । सडक विस्तारका कारण पदमार्गलाई असर पुग्ने भएकाले यस्ता क्रियाकलापलाई रोक्न आवश्यक रहेको उनको भनाइ छ ।

बस्नेतले मुन्दुम पदमार्ग नेपाल सरकारको एक सय गन्तव्यमा सूचीकृत मार्ग रहेकोले जिल्ला तथा छिमेकी जिल्लाका स्थानीय तहसँग सहकार्य गरेर विकास तथा विस्तार भइरहेको बताए ।

एक करोड लागतमा भइरहेको पहिलो चरणको काम सम्पन्न भएपश्चात यही आर्थिक वर्षमा सम्पन्न हुने गरी दोश्रो चरणमा ८५ लाख रुपैयाँ बराबरको निर्माणको काम हुने अध्यक्ष बस्नेतले जानकारी दिए ।

पदमार्गमा आधारित पर्यटन विकास परियोजना अन्तर्गत दिगो र नविनतम पर्यटन विकासको अवधारणा अनुसार यहाँ काम भइरहेको परियोजनाकी सामाजिक सुरक्षा अधिकृत पार्वती राणाले बताइन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  १२ : ०५ बजे

नक्कली नोटसहित १ भारतीय युवती पक्राउ 

विराटनगर– मोरङको विराटनगर महानगरपालिका-१३ स्थितबाट नक्लली नोट सहित १ जना

अध्यक्ष प्रचण्डलाई बेलौरीमा स्वागत तथा अभिनन्दन

कञ्चनपुर– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल

बालुवाटारमा सत्तापक्षीय दलको बैठक

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हान सत्तापक्षीय राजनीतिक दलको बैठक

तनहुँको श्याम्घामा पचास रोपनीमा अदुवाखेती

तनहुँ– एक सय ३६औँ अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा नेपाल कम्युनिष्ट

प्रहरीबाट अवैध घरेलु मदिरा नष्ट

ललितपुर– प्रहरीले अवैध रुपमा उत्पादन गरी बिक्री गर्न राखिएको घरेलु