४ लाख धनराशिको प्रदेशस्तरीय भलिबल प्रतियोगिता मिर्गेमा हुँदै  « Khabarhub

४ लाख धनराशिको प्रदेशस्तरीय भलिबल प्रतियोगिता मिर्गेमा हुँदै 


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

दोलखा– नेपाली कांग्रेसका नेता स्व.भीमबहादुर तामाङको १३औँ स्मृति दिवसको अवसर पारेर आउँदो चैत १३ गतेदेखि जिल्लामै सर्वाधिक धनराशिको बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगिता दोलखाको वैतेश्वर-३ मिर्गे लहरेमाने चोकमा हुने भएको छ ।

प्रतियोगिता नेपाली कांग्रेस दोलखा प्रदेश कार्यसमिति ‘क’ले आयोजना गर्न लागेको हो ।

समितिले एक सूचना मार्फत आउँदो चैत १३ गते राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरूको उपस्थितिमा वृहत् सांस्कृतिक कार्यक्रमका बिच उद्घाटन गरिने कांग्रेस दोलखा प्रदेश क्षेत्र नम्बर ‘क’का सभापति शुक्रराज तामाङले जानकारी दिए ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिता अवधिभर विभिन्न सांस्कृतिक कार्यक्रमसमेत हुने तामाङले जानकारी दिए । प्रतियोगिता चैत १६ गते सम्पन्न हुनेछ ।

प्रतियोगितामा भलिबल तर्फ प्रथम,दोस्रो,तेस्रो र सान्त्वना पुरस्कार क्रमशः चार लाख, दुई लाख, एक लाख र पचास हजार राखिएको छ । खेलको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय नेतृत्वको टोलीले गर्ने खेल आयोजक समितिले जनाएको छ।
सुबास बस्नेत

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  १२ : ५० बजे

आफूमाथिका आरोप झुटा भएको खगेन्द्रको दाबी, भने- छानबिनमा सघाउने छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि

विश्वकप लिग- २ : ओमानविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत अहिले नेपाल र

प्रहरीको ‘स्वाप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं– उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको

सुनचाँदीको मूल्य क्रमशः घट्दै

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार २०० रुपैयाँ

तामाकोसी किनारमा युवती र बालक मृत फेला

काठमाडौँ– दोलखाको भीमेश्वर नगरपालिका-५ स्थित तामाकोसी नदी किनारमा एक युवती