नेपाल विजनेस समिट काठमाडौँमा हुँदै | Khabarhub Khabarhub

नेपाल विजनेस समिट काठमाडौँमा हुँदै


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजन तथा नेपाल चेम्बर अफ कमर्श र नेपाल बिजनेश इन्स्टिच्युट (एनबिआई)को आयोजनामा  काठमाडौँमा अन्तरराष्ट्रियस्तरको बिजनेस समिट हुने भएको छ।

दिगो र आत्मनिर्भर अर्थतन्त्र भन्ने नाराका साथ दोस्रो संस्करणको नेपाल बिजनेस समिट आगामी वैशाख ७ गते हुन लागेको आयोजक नेपाल चेम्बर अफ कमर्शले जनाएको छ। उद्योग व्यवसायसहित समग्र अर्थतन्त्रसँग सम्बन्धित व्यक्तित्वको उल्लेख्य उपस्थितिमा पहिलो संस्करणको समिट पनि काठमाडौँमै सम्पन्न भएको थियो ।  

समिटमा सङ्घीय सरकारका उच्च राजनीतिक एवं प्रशासनिक अधिकारी, प्रदेशका मुख्यमन्त्री, स्थानीय निकायका प्रमुख, स्वदेशी तथा विदेशी विषयविज्ञ, अर्थविद्, बैंकिङ क्षेत्रका ज्ञाता, दातृ निकायका प्रतिनिधि, निजी क्षेत्रसम्बद्ध अग्रणी संस्थाका नेतृत्वगण, बैंक तथा वित्तीय संस्थाका अध्यक्ष, सञ्चालक तथा उच्च अधिकारी, लब्ध प्रतिष्ठित उद्योगी एवं व्यवसायी, नवप्रवर्द्धनीय क्षेत्रमा कार्यरत युवा तथा महिला, आईटी तथा डिजिटल प्रविधिमा सङ्लग्न युवा, वैदेशिक रोजगारबाट फर्केका उद्यमशील जनशक्ति तथा उच्च शिक्षामा अध्ययनरत विद्यार्थीसहित पाँच सयभन्दा बढीको सहभागिता रहने एनबिआईका कार्यकारी अध्यक्ष एवं सम्मेलन आयोजक कमिटीका संयोजक विशाल गैरेले जानकारी दिए।

 नीति निर्माण तहका सरकारी अधिकारीहरू, उद्योग–व्यवसायसम्बद्ध सङ्घ-संस्थाका प्रतिनिधि, औद्योगिक घरना, प्राज्ञिक व्यक्तित्व, युवा तथा महिला उद्यमीबिच सघन छलफल, बहस तथा अन्तरक्रियालगायतका कार्यक्रम गरी मुलुकको अर्थतन्त्र सुधार गर्न सहयोग पुर्‍याउने उद्देश्यले समिट आयोजना गर्न लागेका संयोजक गैरेले स्पष्ट गरे। 

उनका अनुसार व्यापार व्यवसायसँग प्रत्यक्ष सरोकार राख्ने स्थापित संस्था नेपाल चेम्बर अफ कमर्शसँगको सहकार्यमा हुन लागेको समिटबाट प्राप्त निष्कर्षसहितको सुझाव प्रतिवेदन तीनै तहका सरकारसमक्ष पेस गर्ने र सुझाव कार्यान्वयनका बारेमा निरन्तर अनुगमन गरिने छ ।     

नेपाल चेम्वर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको आर्थिक मन्दीका कारण प्रभावित समग्र निजी क्षेत्रलाई उत्साहित र चलायमान बनाउने उद्देश्यले आर्थिक, बैङ्किङ, उद्योग, व्यवसाय, सूचना प्रविधि, कृषिलगायतका व्यावसायिक क्षेत्रमा देखिएका जल्दा बल्दा समस्या र समाधानका विषयमा घनिभूत छलफल तथा अन्तरक्रिया गरी समिटमार्फत प्राप्त  निष्कर्षसहितको सुझाव प्रतिवेदन कार्यान्वयनका लागि सरोकार राख्ने सरकारी निकायमा पेस गरिने स्पष्ट गरे। 

एनबिआईका कार्यकारी अध्यक्ष एवं सम्मेलन आयोजक कमिटिका संयोजक गैरेले दुई ठूला अर्थतन्त्र भएका छिमेकी मुलुक चीन र भारतबीचको गतिशील साँघु बनाइ आन्तरिक लगानीलाई प्रोत्साहन र बाह्य लगानीलाई आकर्षित गर्दै दिगो बैंकिङ विकासमार्फत औद्योगिकरण, कृषि, पर्यटन, जलविद्युत्, वन पैदावार, प्रविधि, साना तथा मझौला उद्योगको स्तरोन्नति, स्वउद्यमशीलता तथा स्टार्टअप व्यवसायलगायतका क्षेत्रमा लगानी विस्तारसहित दिगो र फराकिलो आर्थिक विकासका लागि समिट प्रस्थान बिन्दु बन्ने धारणा व्यक्त गरे। 

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  १ : २४ बजे

वर्तमान सरकार लोकतन्त्रमाथि विश्वास गर्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले

जुनियरलाई सचिव बनाएपछि संगीताको आक्रोश : मागिन् मन्त्रीको राजीनामा 

काठमाडौं– आफूभन्दा जुनियरलाई सचिव बनाएको भन्दै स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव

सहकारी बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गर्नुपर्ने माग

काठमाडौं– सहकारी बचतकर्तासँग सम्बन्धित विभिन्न नौ वटा सङ्घसंस्थाले बचतकर्ताको रकम

एप्पलको नयाँ ‘म्याकबुक एयर’ बजारमा, मूल्य कति ? 

सान फ्रान्सिस्को- एप्पलले बुधबार एमफोर चिप, १८ घण्टासम्मको ब्याट्री टिक्ने

म्याक्रोँको सम्बोधन ‘वास्तविकताभन्दा टाढा’ रहेको रुसको भनाइ

एजेन्सी– फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले फ्रान्सको आणविक छातालाई युरोपेली साझेदारसम्म