बलात्कार मुद्दामा पक्राउ परे एकीकृत समाजवादी स्याङ्जाका अध्यक्ष « Khabarhub

बलात्कार मुद्दामा पक्राउ परे एकीकृत समाजवादी स्याङ्जाका अध्यक्ष


२२ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका एकजना नेता बलात्कार मुद्दामा पक्राउ परेका छन् ।

समाजवादीका गण्डकी प्रदेश उपाध्यक्षसमेत रहेका स्याङ्जाका जिल्ला समिति अध्यक्ष विष्णु गिरीलाई जिल्ला प्रहरी कार्यालयले जबरजस्ती करणीको आरोपमा पक्राउ गरेको हो ।

कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उपाध्यक्ष गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

जबरजस्ती करणी मुद्दामा स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय गिरीलाई कास्की जिल्ला अदालतले पक्राउको फागुन २ गते अनुमति दिएको थियो ।

त्यसपछि अदालतको पुर्जीअनुसार गिरीलाई घरबाटै पक्राउ गरेर हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  १ : २९ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या