मुलुकको इज्जत र प्रतिष्ठाको लागि राजसंस्था अपरिहार्य : ज्ञानेन्द्र शाही « Khabarhub

मुलुकको इज्जत र प्रतिष्ठाको लागि राजसंस्था अपरिहार्य : ज्ञानेन्द्र शाही


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले राष्ट्रपतिको ठाउँमा राजालाई राख्नेगरी आफूहरूले राजसंस्थाको परिकल्पना गरेको बताएका छन् ।

रिपोटर्स क्लव नेपालले बिहीबार काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र राष्ट्रपतिको ठाउँमा राजालाई राख्नेगरी आफूहरूले राजसंस्थाको परिकल्पना गरेको बताएका हुन् ।

राष्ट्रिय एकता, मुलुकको इज्जत र प्रतिष्ठाको लागि राजसंस्था अपरिहार्य रहेको उनले बताए। संसार भरी मुलुकको इज्जत र प्रतिष्ठालाई जोगाइराख्न राजसंस्थाबाहेक अरूले सक्दैन भन्ने कुरा नेपालको १६ वर्षको इतिहासमा देखिएको उनले बताए ।

त्यस्तै उनले प्रदेश संरचनालाई खारेज गर्ने विषयमा दलहरूबीच समझदारी बन्नुपर्नेमा जोड दिए । उनले आगामी फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुन आह्वान समेत गरे । 

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  २ : १२ बजे

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा

राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न