देउवा भन्छन्- कांग्रेस बलियो भएमात्रै देशको समृद्धि हुन्छ | Khabarhub Khabarhub

देउवा भन्छन्- कांग्रेस बलियो भएमात्रै देशको समृद्धि हुन्छ


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भएमात्रै देशको समृद्धि हुने बताएका छन् ।  

बिहीबार ललितपुरमा नेपाल भूतपूर्व सैनिक संघको छैटौँ केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै सभापति देउवाले जनताका कारण कांग्रेस लोकप्रिय पार्टी बनेको भन्दै कांग्रेस बलियो भएमात्रै देशको समृद्धि हुने बताएका हुन् ।

कांग्रेसलाई बलियो बनाउनका लागि शुभेच्छुक संस्थाहरू बलियो हुनुपर्ने उनले बताए । लोकतन्त्रमा मात्रै सवैका अधिकार सुरक्षित हुने भएकाले यसमा ध्यान दिन उनले आग्रह गरे । 

सभापति देउवाले गोर्खा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको भन्दै समस्या समाधानका लागि कूटनीतिक तवरले कुरा अघि बढाउने प्रतिबद्धता जनाए । 

गोर्खा भूतपूर्व सैनिकको पेन्सनको विभेदका विषयमासमेत आफू जानकार रहेकाले यस विषयमा पनि आफूले सम्बन्धित निकायमा कुरा गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  २ : २३ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास