देउवा भन्छन्- कांग्रेस बलियो भएमात्रै देशको समृद्धि हुन्छ « Khabarhub

देउवा भन्छन्- कांग्रेस बलियो भएमात्रै देशको समृद्धि हुन्छ


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भएमात्रै देशको समृद्धि हुने बताएका छन् ।  

बिहीबार ललितपुरमा नेपाल भूतपूर्व सैनिक संघको छैटौँ केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै सभापति देउवाले जनताका कारण कांग्रेस लोकप्रिय पार्टी बनेको भन्दै कांग्रेस बलियो भएमात्रै देशको समृद्धि हुने बताएका हुन् ।

कांग्रेसलाई बलियो बनाउनका लागि शुभेच्छुक संस्थाहरू बलियो हुनुपर्ने उनले बताए । लोकतन्त्रमा मात्रै सवैका अधिकार सुरक्षित हुने भएकाले यसमा ध्यान दिन उनले आग्रह गरे । 

सभापति देउवाले गोर्खा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको भन्दै समस्या समाधानका लागि कूटनीतिक तवरले कुरा अघि बढाउने प्रतिबद्धता जनाए । 

गोर्खा भूतपूर्व सैनिकको पेन्सनको विभेदका विषयमासमेत आफू जानकार रहेकाले यस विषयमा पनि आफूले सम्बन्धित निकायमा कुरा गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  २ : २३ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार