सामन्ती प्रेतहरूले टाउको उठाउन खोजे जनताको बलबाट समाप्त हुने छन् ः प्रचण्ड  | Khabarhub Khabarhub

सामन्ती प्रेतहरूले टाउको उठाउन खोजे जनताको बलबाट समाप्त हुने छन् ः प्रचण्ड 


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलबाट गलहत्त्याइएका सामन्ती प्रेतहरूले टाउको उठाउने प्रयास गरे जनताकै बलबाट समाप्त हुने चेतावनी दिएका छन् । 

‘जनतासँग माओवादी, तराई–मधेस जागरण अभियान’अन्तर्गत बिहीबार महोत्तरीको सम्सी गाउँपालिकामा आयोजित खबरदारी सभा सम्बोधन गर्दै प्रचण्डले राजावादीलाई लक्षित गर्दै यस्तो चेतावनी दिएका हुन् । 

जनताले परास्त गरिसकेका तत्वहरूले कहिलेकाहीँ टाउको उठाउने प्रयास गर्ने गरेको टिप्पणी गर्दै  प्रचण्डले इतिहास पछाडि नफर्किने भएकाले सपना नदेख्न सुझाव दिए । उनले कुनै शासक र राजा–महाराजाले जनतालाई अधिकार नदिएको पनि बताए ।

अध्यक्ष प्रचण्डले पार्टीले अघि बढाएको हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण नेपाललाई राज्यको मूल प्रवाहमा जोड्दै नयाँ राष्ट्रिय एकता कायम गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे । 

उनले लामो समय अलपत्र परेको हुलाकी मार्ग अघि बढाउन आफूले २०७३ मा प्रधानमन्त्रीको रूपमा भारत भ्रमण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी सहयोग सुचारु गरेपछि योजना अघि बढेको दोहोर्‍याए । 

कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले माओवादी जनयुद्ध र मधेस आन्दोलनका कारण मधेसी जनताले पहिचान, संघीयता, समावेशी, समानुपातिक अधिकार पाएको बताए । 

मधेसवादी दलहरूले अब मधेसको नेतृत्व गर्न सक्ने अवस्था नरहेको भन्दै उनले परिवर्तनको रक्षा गर्न माओवादीलाई बलियो बनाउने बेला आएको बताए । 

उपमहासचिव गिरिराजमणि पोख्रेलले सीमा क्षेत्रका जनताले राष्ट्रियताको रक्षा गरे पनि राज्यले सीमा क्षेत्रको विकास नदिएको बताए । उनले पार्टीले जनताको जीवन रूपान्तरण गर्ने कार्यक्रम अघि बढाउने बताए । 

अर्का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टी रुपान्तरणसहित जनताको बीचमा फर्केको उल्लेख गर्दै जनताको जीवन रूपान्तरण नै पार्टीको अबको अभिष्ट भएको बताए ।  

उपमहासचिव एवं मधेस प्रदेश इन्चार्ज मातृका यादवले पार्टीले जनतामुखी हुने नीति लिएपछि मधेसी जनतामा आकर्षण फर्कन थालेको उल्लेख गर्दै अब मधेसलाई लाल मधेस बनाउने उद्घोष गरे ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ४ : ४१ बजे

रुस कुनै पनि युद्धविरामअघि ‘बलियो स्थिति’ हासिल गर्न चाहन्छ : जेलेन्स्की

किएभ – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले शनिबार रुसले युक्रेनमा युद्धविराम

राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पछिल्लो विकसित राजनीतिक

बाग्मती किनारको शङ्खमूल क्षेत्रबाट नकुहिने दुई मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौं – ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

११ कर्मचारीलाई १० जिल्लामा बजार अनुगमनको जिम्मेवारी

पर्सा । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले चालु

गाजामा इजरायली हमलामा ९ जनाको मृत्यु

गाजा सिटी – गाजाको नागरिक सुरक्षा एजेन्सीले शनिबार उत्तरमा इजरायली