निःशुल्क स्वास्थ्य शिविरबाट ५५३ जना लाभान्वित « Khabarhub

निःशुल्क स्वास्थ्य शिविरबाट ५५३ जना लाभान्वित


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कालिकोट – कालिकोटको नरहरिनाथ गाउँपालिकामा दुई दिनसम्म चलेको स्वास्थ्य शिविरबाट पाँच सय ५३ जना लाभान्वित भएका छन् ।

स्वास्थ्य सेवा कार्यालय, कालिकोटको आयोजना तथा नरहरिनाथ गाउँपालिकाको समन्वयमा योगी नरहरिनाथ आधारभूत अस्पताल, कुमालगाउँमा बुधबारदेखि सुरु भएको दुई दिने शिविरबाट उनीहरु लाभान्वित भएका हुन् ।

शिविरमा नसर्ने रोग तथा भिआइए (पाठेघरको मुखको क्यान्सर परीक्षण) स्कृनिङ्गसम्बन्धी निःशुल्क सेवा उपलब्ध गराइएको स्वास्थ्य सेवा कार्यालय कालिकोटका अधिकृत कटकबहादुर महतले बताउनुभयो । उहाँका अनुसार शिविरमा ५५ जना दम, उच्च रक्तचाप १४ जना, मधुमेह निदानका एक सय ५६ जनाको प्रयोगशाला जाँच भएकोमा पाँच जना देखिएको छ ।

दाँत तथा मुख स्वास्थ्य ७७ जना, फिजियोथेरापी सेवा ५६ जना, विविध स्वास्थ्य परीक्षण तथा उपचार दुई सय छ जना, पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर परीक्षण दुई सय ९२ जनामा गरिएकोमा भिआइए पोजेटिभ चार जनामा देखिएको र शङ्कास्पद पाठेघरको मुखको क्यान्सर तीन जनामा देखिएको अधिकृत महतले बताए ।

महिलाको आङ खस्ने समस्या तथा फिस्टुलाको परीक्षण दुई सय ९२ जनामा गरिएकोमा १८९ जनामा उक्त समस्या देखिएको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  १० : ५६ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल