अन्तर व्यवस्थापिका संघको दिगो विकास स्थायी समितिमा सांसद अञ्जान शाक्य निर्वाचित « Khabarhub

अन्तर व्यवस्थापिका संघको दिगो विकास स्थायी समितिमा सांसद अञ्जान शाक्य निर्वाचित


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू)को दिगो विकास स्थायी समितिमा एसिया प्रशान्त क्षेत्रबाट राष्ट्रियसभा सदस्य डा. अञ्जान शाक्य निर्वाचित भएकी छिन् ।

उज्वेकिस्तानको राजधानी तास्केन्टमा भएको सम्मेलनमा उनी निर्वाचित भएकी हुन् । सांसद डा. शाक्यसँगै माल्दिभ्स र इरानबाट पनि उम्मेदवारी परेको थियो ।

अन्तरव्यवस्थापिका सङ्घको १५०औँ वार्षिकसभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सभामुख देवराज घिमिरेसहितको टोलीले भाग लिइरहेका छन् ।

सभामुख घिमिरेले आईपीयूको दिगो विकास स्थायी समितिका ३६ देशका सभामुखलाई पत्र लेख्दै डा. शाक्यको समर्थनका लागि आग्रह गरेका थिए ।

सांसद शाक्यले दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रको तर्फबाट उम्मेदवारी प्रस्तुत गरेकी थिइन् । नेपालले पहिलोपटक यो मञ्चमा आफ्नो उपस्थिति जनाएको हो ।

सांसद शाक्यले आफ्नो जितसँगै यसले नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय मञ्चमा पनि बढाउन सहयोग पुर्‍याएको महसुस आफूले गरेको बताइन् ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  १० : १० बजे

पाकिस्तानमा प्रहरी मुख्यालयमा आक्रमण, ३१ जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको प्रहरी मुख्यालयमा भएको विस्फोट र

‘संविधानद्वारा सुशासन र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न मार्गनिर्देश’

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिगो शान्ति, सुशासन,

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला सडक पुल संरक्षण

म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी-दरवाङ सडकअन्तर्गत

‘संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार’ 

दाङ–  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान राजनीतिक स्थायित्व, सामाजिक

प्रदेश खारेज गरी हिन्दु अधिराज्य स्थापना गर्नुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा संसदीय दलका