अन्तर व्यवस्थापिका संघको दिगो विकास स्थायी समितिमा सांसद अञ्जान शाक्य निर्वाचित « Khabarhub

अन्तर व्यवस्थापिका संघको दिगो विकास स्थायी समितिमा सांसद अञ्जान शाक्य निर्वाचित


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू)को दिगो विकास स्थायी समितिमा एसिया प्रशान्त क्षेत्रबाट राष्ट्रियसभा सदस्य डा. अञ्जान शाक्य निर्वाचित भएकी छिन् ।

उज्वेकिस्तानको राजधानी तास्केन्टमा भएको सम्मेलनमा उनी निर्वाचित भएकी हुन् । सांसद डा. शाक्यसँगै माल्दिभ्स र इरानबाट पनि उम्मेदवारी परेको थियो ।

अन्तरव्यवस्थापिका सङ्घको १५०औँ वार्षिकसभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सभामुख देवराज घिमिरेसहितको टोलीले भाग लिइरहेका छन् ।

सभामुख घिमिरेले आईपीयूको दिगो विकास स्थायी समितिका ३६ देशका सभामुखलाई पत्र लेख्दै डा. शाक्यको समर्थनका लागि आग्रह गरेका थिए ।

सांसद शाक्यले दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रको तर्फबाट उम्मेदवारी प्रस्तुत गरेकी थिइन् । नेपालले पहिलोपटक यो मञ्चमा आफ्नो उपस्थिति जनाएको हो ।

सांसद शाक्यले आफ्नो जितसँगै यसले नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय मञ्चमा पनि बढाउन सहयोग पुर्‍याएको महसुस आफूले गरेको बताइन् ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  १० : १० बजे

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको