राजस्थानसँग ५० रनको हारले पञ्जाबकी मालिक प्रीति जिन्टालाई चिन्ता « Khabarhub

राजस्थानसँग ५० रनको हारले पञ्जाबकी मालिक प्रीति जिन्टालाई चिन्ता


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


882
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुरुवाती दुई खेलमा विजयी भएको पञ्जाब किंग्स तेस्रो खेलमा पराजित भएपछि टिमकी को–ओनर प्रीति जिन्टाले चिन्ता व्यक्त गरेकी छन्। कप्तान श्रेयस अय्यरसँग कुराकानी गर्दै उनले हारप्रति चासो राखेकी हुन्।

सुरुवाती दुई खेलमा शानदार प्रदर्शन गर्दै टिमलाई जिताएका कप्तान अय्यर तेस्रो खेलमा चल्न सकेनन्। पाँच बल खेलेर १० रन बनाएको अवस्थामा उनी आउट भएका हुन्। अर्का ओपनर प्रियांश आर्य र कप्तान अय्यरलाई राजस्थान रोयल्सका जाफ्रा आर्चरले एउटै ओभरमा आउट गरेपछि तेस्रो खेलमा पञ्जाब चुकेको हो।

अघिल्ला दुई खेलमा कप्तान अय्यर टिमको जितका लागि निर्णायक बनेका थिए। गुजरात टाइटनविरुद्धको पहिलो खेलमा मात्र ४२ बल खेलेका उनी शतक प्रहार गर्न तीन रनले चुकेका थिए। उनले गुजरातविरुद्ध ४२ बलमा ९ छक्का र पाँच चौकाको मद्दतमा ९७ रन बनाएका थिए। पञ्जाब ११ रनले विजयी भएको उक्त खेलमा कप्तान अय्यर नै म्यान अफ द म्याच बनेका थिए।

कप्तान अय्यरले लखनउ सुपर जायन्ट्सविरुद्ध भएको दोस्रो खेलमासमेत आफ्नो फमलाई निरन्तरता दिएका थिए। लखनउविरुद्ध ३० बलको सामना गरेका उनले अर्धशतकीय पारी खेले। चार छक्का र तीन चौकाको मद्दतमा उनले दोस्रो खेलमा ५२ रन बनाएका हुन्।

गएराति पञ्जाबका कप्तान अय्यर नचलेको खेलमा आईपीएलमा खराब सुरुवात गरेको राजस्थान रोयल्सले राम्रो कमब्याक गर्दै ५० रनको जित निकालेको हो। यो हारपछि पन्जाब चार अंकसहित तेस्रो स्थानमा कायम छ। समान चार अंक भए पनि राजस्थान सातौँ स्थानमा छ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ६ : ३६ बजे

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको

एमाले स्थायी कमिटीको बैठक सम्पन्न, १३ जना केन्द्रीय कमिटी सदस्य थपिए

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ– जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ (चितवन)- जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने