बीपीको सालिकमा मोसो दलिएको घटनामा एमाले महासचिवको आपत्ति « Khabarhub

बीपीको सालिकमा मोसो दलिएको घटनामा एमाले महासचिवको आपत्ति


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले राप्रपाका कार्यकर्ताले जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको शालिकमा कालोमोसो दलेको घटनाप्रति आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत उनले राप्रपा राजतन्त्र होइन, राजसंस्था पुनस्थापनाको आन्दोलनमा हो भन्नेहरुले नेपालगञ्जमा बीपीको सालिकमा कालोमोसो दल्ने र तोडफोड गर्ने धृष्टता गरेको उल्लेख गरेका छन् ।

पोखरेलले कांग्रेसभित्रका संवैधानिक राजसंस्था पक्षमा रहनेहरुलाई इङ्गित गर्दै पूर्वराजा ज्ञानेन्द्रको शासन बेहोर्नु परेको भए बीपी पनि गणतन्त्रका पक्षमा उभिन्थे भन्ने तर्क गरे ।

उनले बीपीको समयमा बीपीभन्दा बढी नै संवैधानिक राजसंस्थाका हिमायती रहेका गिरिजाप्रसाद पनि ज्ञानेन्द्रको हर्कतले गणतन्त्रवादी बन्न पुगेको बताए । नेपालमा लोकतन्त्र र राजसंस्था सँगै जान सक्छ भन्नेहरुले राप्रपाको गतिविधि बुझ्नु पर्ने बताए ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ११ : ०५ बजे

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ