बीपीको सालिकमा मोसो दलिएको घटनामा एमाले महासचिवको आपत्ति | Khabarhub Khabarhub

बीपीको सालिकमा मोसो दलिएको घटनामा एमाले महासचिवको आपत्ति


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले राप्रपाका कार्यकर्ताले जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको शालिकमा कालोमोसो दलेको घटनाप्रति आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत उनले राप्रपा राजतन्त्र होइन, राजसंस्था पुनस्थापनाको आन्दोलनमा हो भन्नेहरुले नेपालगञ्जमा बीपीको सालिकमा कालोमोसो दल्ने र तोडफोड गर्ने धृष्टता गरेको उल्लेख गरेका छन् ।

पोखरेलले कांग्रेसभित्रका संवैधानिक राजसंस्था पक्षमा रहनेहरुलाई इङ्गित गर्दै पूर्वराजा ज्ञानेन्द्रको शासन बेहोर्नु परेको भए बीपी पनि गणतन्त्रका पक्षमा उभिन्थे भन्ने तर्क गरे ।

उनले बीपीको समयमा बीपीभन्दा बढी नै संवैधानिक राजसंस्थाका हिमायती रहेका गिरिजाप्रसाद पनि ज्ञानेन्द्रको हर्कतले गणतन्त्रवादी बन्न पुगेको बताए । नेपालमा लोकतन्त्र र राजसंस्था सँगै जान सक्छ भन्नेहरुले राप्रपाको गतिविधि बुझ्नु पर्ने बताए ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ११ : ०५ बजे

पोखरामा आजदेखि सहुलियत छुट मूल्य पसल

गण्डकी– पोखरामा आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने भएको

एनसेलले बढायो निःशुल्क लोकल कल, एसएमएस र इन्टरनेटको समयसीमा

काठमाडौं– टेलिकम सेवा प्रदायक एनसेलले मंगलबारबाट दिन थालेको निःशुल्क लोकल

मेची भन्सारको सेवा सुचारु

झापा– जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको पूर्वीनाकास्थित मेची भन्सार कार्यालयले

नेपालको जेन-जी आन्दोलनबारे के भन्छन् बलिउड सेलेब्रिटी ?

काठमाडौं– नेपालमा हालै जेन-जेड युवाहरूले भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको

भीमदत्त नगरपालिकास्थित स्वास्थ्य केन्द्रमा प्रयोगशाला सञ्चालन

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– १६ स्थित सहरी स्वास्थ्य केन्द्रका प्रयोगशाला