आर्सनल बराबरीमा रोकिँदा लिभरपुलको उपाधि सम्भावना अझै बलियो « Khabarhub

आर्सनल बराबरीमा रोकिँदा लिभरपुलको उपाधि सम्भावना अझै बलियो


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा आर्सनल र एभरटनले १–१ गोलको बराबरी खेलेका छन् ।

उक्त खेलको ३४ औँ मिनेटमा लियोनोर्ड टोसार्डले आर्सनललाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा इलिम्यान नाडिइयाले एभर्नका लागि पेनाल्टीमा गोल गरे । 

अर्को खेलमा तेस्रो स्थानको नटिङघम फरेस्ट अस्टनभिल्लासँग २–१ ले पराजित भएको छ । मोर्गान रोजर्स र डोनियल मालेनको गोलमा १५ मिनेट भित्रमा नै अस्टनभिल्ला २–० ले अघि रहेको थियो ।

फरेस्टा लागि जोटा सिल्भाले ५७ ओ मिनेटमा गोल गरे । प्रिमियर सिपका अन्य खेलमा क्रिस्टल प्यलेसले ब्रिङटनलाई २–१ले तथा उल्भसले पनि इप्सविचलाई सोही गोल अन्तरले हराए । वेस्ट हाम र बोर्नमाउथसँगको खेलमा २–२ गोलको बराबरी भयो । 

तातिलकामा लिभरपुल ७३ अङ्कसहित शीर्ष स्थानमा छ । आर्सनलको ६२ अङ्क छ । लिभरपुलले एक खेल कम खेलेको छ । यस्तो अवस्थामा यो सिजन लिभरपुलले उपाधि जित्न करिब पक्का भएको छ ।

फरेस्टको ५७ चेल्सीको ५२ तथा म्यानचेस्टर सिटी  र असटन भिल्लाको ५१ अङ्क छ । 

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  १२ : २६ बजे

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी