आर्सनल बराबरीमा रोकिँदा लिभरपुलको उपाधि सम्भावना अझै बलियो « Khabarhub

आर्सनल बराबरीमा रोकिँदा लिभरपुलको उपाधि सम्भावना अझै बलियो


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा आर्सनल र एभरटनले १–१ गोलको बराबरी खेलेका छन् ।

उक्त खेलको ३४ औँ मिनेटमा लियोनोर्ड टोसार्डले आर्सनललाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा इलिम्यान नाडिइयाले एभर्नका लागि पेनाल्टीमा गोल गरे । 

अर्को खेलमा तेस्रो स्थानको नटिङघम फरेस्ट अस्टनभिल्लासँग २–१ ले पराजित भएको छ । मोर्गान रोजर्स र डोनियल मालेनको गोलमा १५ मिनेट भित्रमा नै अस्टनभिल्ला २–० ले अघि रहेको थियो ।

फरेस्टा लागि जोटा सिल्भाले ५७ ओ मिनेटमा गोल गरे । प्रिमियर सिपका अन्य खेलमा क्रिस्टल प्यलेसले ब्रिङटनलाई २–१ले तथा उल्भसले पनि इप्सविचलाई सोही गोल अन्तरले हराए । वेस्ट हाम र बोर्नमाउथसँगको खेलमा २–२ गोलको बराबरी भयो । 

तातिलकामा लिभरपुल ७३ अङ्कसहित शीर्ष स्थानमा छ । आर्सनलको ६२ अङ्क छ । लिभरपुलले एक खेल कम खेलेको छ । यस्तो अवस्थामा यो सिजन लिभरपुलले उपाधि जित्न करिब पक्का भएको छ ।

फरेस्टको ५७ चेल्सीको ५२ तथा म्यानचेस्टर सिटी  र असटन भिल्लाको ५१ अङ्क छ । 

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  १२ : २६ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने