कैलालीको घोडाघोडी क्याम्सपमा अनेरास्ववियुका गौतम विजयी, क्रान्तिकारीको एकाधिकार तोडियो « Khabarhub

कैलालीको घोडाघोडी क्याम्सपमा अनेरास्ववियुका गौतम विजयी, क्रान्तिकारीको एकाधिकार तोडियो


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


666
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा अनेरास्ववियु विजयी भएको छ । शनिबार भएको मतदानको आइतबार आएको नतिजाअनुसार अनेरास्ववियुका अशोक गौतम विजयी भएका हुन् ।

कुल एक हजार ६९१ जना मतदाता रहेको यस क्याम्पसमा गौतमले ६७० मत ल्याउँदै पहिलो पटक अनेरास्ववियुलाई जित दिलाएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका गणेश भण्डारीले ४२८ मत ल्याएका छन् । सचिवमा नेविसंघका प्रविण भण्डारी ५५५ मतसहित विजयी भएका छन् ।

उनीसँग नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूका भुवनराज जैसी ४९० मत ल्याउँदै पराजित भए । उता कोषाध्यक्षमा अनेरास्ववियुका सञ्जीवकुमार चौधरी ५६९ मतसहित विजयी भए । उनीसँग अखिल क्रान्तिकारीकी यालिशा कुमारी कुँवर ४१६ मतसहित पराजि भइन् ।

यो क्याम्पसमा विगतमा अखिल क्रान्तिकारीले स्ववियुमा जित निकाल्ने गरेको थियो । उक्त क्याम्पसमा यसपटक संयुक्त प्यानलबीच कडा प्रतिस्पर्धा देखिएको थियो ।

यहाँ अखिल क्रान्तिकारीका गणेश भण्डारी अध्यक्ष रहेको प्यानलले अन्य तीन सङ्गठनलाई समेटेर संयुक्त प्यानल बनाएको थियो । नेपाल विद्यार्थी सङ्घसहितको संयुक्त प्यानलबाट अनेरास्ववियुका अशोक गौतम अध्यक्षमा थिए । उता अनेरास्ववियूका यामबहादुर खत्रीको छुट्टै प्यानल थियो ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  १२ : ४१ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर