राजा फर्काउन गरिने राप्रपाको आन्दोलनलाई जगमानको समर्थन « Khabarhub

राजा फर्काउन गरिने राप्रपाको आन्दोलनलाई जगमानको समर्थन


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आयोजनामा मंगलबार हुने प्रदर्शन तथा बृहत्त् आमसभालाई समर्थन जनाएको छ ।

समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले आइतबार विज्ञप्ति जारी गर्दै राप्रपाको उक्त प्रदर्शन तथा बृहत्त् आमसभामा राष्ट्रिय झण्डासहित सहभागी हुन कार्यकर्ता र समर्थकलाई नेका छन् ।

‘चैत २६ गते काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न हुने प्रदर्शन तथा बृहत आमसभाप्रति संयुक्त जनआन्दोलन समितिको साथ समर्थन छ,’ डा. गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिको आयोजनामा गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा हिंसा भड्किँदा दुई जनाको ज्यान गएको थियो ।

जनकमान्डर बनाइरहेका दुर्गा प्रसाईं र राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले भिडलाई उकासेपछि भउको हिंसात्मक प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली २० जनालाई लागेको थियो । प्रदर्शनमा जनकमाण्डर तोकिएका दुर्गा प्रसाईं भिडलाई उत्तेजित पारेदेखि अहिलेसम्म फरार छन् ।

संयुक्त जनआन्दोलन समितिका संयोजक तत्कालीन राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीलाई सरकारले विशेष निगरानीमा राखेर घरमै थुनेको छ । त्यसपछि उनले डा.गुरुङलाई कार्यवाहक संयोजक तोकेका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  १ : ४३ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा