शिक्षकपछि स्वास्थ्यकर्मी सडकमा, पाउँदैनन् न्यूनतम् पनि तलब (तस्बिरहरू) « Khabarhub

शिक्षकपछि स्वास्थ्यकर्मी सडकमा, पाउँदैनन् न्यूनतम् पनि तलब (तस्बिरहरू)


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको विगत हेर्ने हो भने चैत महिना आन्दोलनका लागि उपयुक्त समय हो ।

अहिले पनि यही चैत महिनामा एकपछि अर्का पेशागत समूह र दलहरू सडकमा छन् ।

चैत १५ गते राजावादीहरूले आन्दोलन गर्दा दुईजनाले काठमाडौंको तीनकुनेमा ज्यानै गुमाए । त्यही दिन माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चाको विरोध सभा भृकुटीमण्डपमा शान्तिपूर्ण रुपमा सकियो ।

राजावादीको आन्दोलन नसेलाउँदै चार दिनयता देशभरका शिक्षकहरू कानुन मान्दै आन्दोलनमा छन् । सोमबार उनीहरूले माइतीघरदेखि नयाँबानेश्वरको सडकमा सिठ्ठी बजाउँदै प्रदर्शन गरे ।

उनीहरूको प्रदर्शन जारी रहँदै गर्दा माइतीघरमण्डलमा स्वास्थ्यकर्मीको पोशाकसहित डाक्टर र नर्स देखिए ।

मन्त्रिपरिषद्‍बाट पारित भएको न्यूनतम् तलब ४८ हजार नदिई १९५०० मात्रै दिएर श्रम शोषण गरेको भन्दै उनीहरू आन्दोलित भएकाभ हुन् ।

श्रम शोषणविरुद्ध नेपाल मेडिकल कलेज जोरपाटीका डाक्टरहरू माइतीघरमा उत्रिएका हुन् । उनीहरूले कलेजबाट न्यूनतम् तलबसमेत नदिएर श्रमशोषण गरिरहँदा पनि सरकारी निकाय मौन बसेको गुनासो गरे ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  २ : ०३ बजे

प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस विजयी

काठमाडौं– राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा

ओलीको घोषणा : जाँचबुझ आयोगको प्रतिवेदन निन्दनीय र खेदजनक, स्वीकार्दैनौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र

शान्त प्रदर्शनकारीमाथि नगरप्रहरीको दमन

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिनका

रास्वपाको संसदीय दलको बैठक सुरु

 काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सुरु भएको

इरानी वार्ताकारले विचित्रको व्यवहार देखाए, समयमै गम्भीर नभए परिणाम भयानक : ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी वार्ताकारको व्यवहारलाई ‘विचित्र’ भन्दै