मोदीले गरे श्रीलङ्कासँगको घनिष्ठ सम्बन्धको प्रशंसा « Khabarhub

मोदीले गरे श्रीलङ्कासँगको घनिष्ठ सम्बन्धको प्रशंसा


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलङ्काको पवित्र बौद्ध वृक्षको आइतबार दर्शन गरेका छन् ।

प्रधानमन्त्री मोदीले बौद्ध बहुल श्रीलङ्काको सार्वभौमिकताको प्रतीक अनुराधापुरामा रहेको श्री महाबोधीमा फूल चढाई बुद्धप्रति श्रद्धाभाव व्यक्त गरेका हुन् ।

बुद्धले दुई हजार ५०० वर्षअघि बुद्धत्व प्राप्त गरेको भनिएको धारतमा रहेको अञ्जीरको बोटको बिरूवा भएको विश्वास गरिने यस अञ्जीरको बोटलाई कडा पहरा दिएर राखिएको छ ।

हिन्दू राष्ट्रवादी भारतीय प्रधानमन्त्री मोदीले सन् २०१५ मा आफ्नो अघिल्लो भ्रमणका क्रममा पनि यसको पूजा अर्चना गर्नुका साथै दुवै देशका लागि यसको धार्मिक र सांस्कृतिक महत्वमाथि उजागर गरेका थिए ।

बोटानिकल नाम फिकस रिलिजियोसा भनिने यस रूखलाई दैनिक हजारौँले ‘जीवित बुद्ध’ को प्रतीकको रूपमा पूजा गर्छन्, यसको हाँगाहरू सुनको लेप लगाइएको फलामको सहारामा संरक्षित गरिएका छन् ।

भिक्षु, प्रहरी र सशस्त्र फौजले यस रूखको चौबिसै घण्टा पहरा दिने गर्छन् ।

“यो भ्रमणले दुई देशबीचको गहिरो सांस्कृतिक, आध्यात्मिक र सभ्यतागत सम्बन्धलाई पुनः पुष्टि गरेको छ,” मोदीले भारत फर्कनुअघि सामाजिक सञ्जालमा लेखेका छन् ।

शनिबार मोदी र श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले रक्षा र ऊर्जालगायत सात सम्झौतामा हस्ताक्षर गरेका थिए ।

दिसानायकेले श्रीलङ्काप्रति देखाएको ‘गहिरो व्यक्तिगत मित्रता’ सम्मानस्वरूप उनलाई देशको सर्वोच्च नागरिक सम्मान प्रदान गरेका छन् ।

मोदीको यो भ्रमणलाई यस क्षेत्रमा चीनको बढ्दो प्रभावको सामना गर्ने रणनीतिक कदमका रुपमा हेरिएको छ ।

प्रधानमन्त्री मोदीले शनिबार भने, “हामी विश्वास गर्छौं कि हाम्रो सुरक्षा हित एकअर्कासँग जोडिएको छ ।”

“हाम्रो सुरक्षा अन्योन्याश्रित र अन्तरसम्बन्धित छ,” उनले भने ।

दिसानायकेले आफूले मोदीलाई ‘भारतको सुरक्षालाई कमजोर पार्न कसैले पनि श्रीलङ्काली भूमि प्रयोग गर्न नदिने’ आश्वासन दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ४ : ०८ बजे

दक्षिण सुडानमा ६ लाख ६१ हजारभन्दा बढी शरणार्थी, ७५ प्रतिशत महिला र बालबालिका

जुबा- दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९

कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह

कर्णाली– कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकासमा केन्द्रित हुन

‘संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ’

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत

यमनमा साउदी हवाई आक्रमण तीव्र

यमन- यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीचको तनाव चर्किँदै गएको