झापामा व्यावसायिक केराखेती : एक याममा तीन लाख आम्दानी « Khabarhub

झापामा व्यावसायिक केराखेती : एक याममा तीन लाख आम्दानी


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

झापा– मेचीनगर नगरपालिका-८ का पर्शुराम गिरीले दुई वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका छन् । करिब १० कट्ठा जमिनमा खेती सुरु गरेका उनले एक याममा तीन लाख रुपैयाँ आम्दानी गरिरहेका छन् ।

वैदेशिक रोजगारीमा १७ वर्ष बसेर स्वदेश फर्केपछि गिरीले व्यावसायिक केराखेती सुरु गरेका हुन् । खेतीबाट मनग्य आम्दानी हुन थालेपछि खेतीको क्षेत्रफल विस्तार गरी १५ कठ्ठा बनाएको उनले उल्लेख गरे । आगामी दिनमा थप खेती विस्तार गर्ने योजनासहित पाँच बिघा जमिन खोजी गरिरहेको उनले बताए ।

गिरीले ‘जि-नाइन’ जातको केराका छ सय बोट लगाएको जानकारी दिँदै यो केराको कोसा पोटिलो, ठूलो र पाकेपछि अरूभन्दा स्वादिलो हुने बताए । 

‘रुखोपाखो जग्गा भएकाले धान रोप्दा १० हजार रुपैयाँ नाफा हुँदैनथ्यो’, उनले भने, ‘अहिले केरा बेचेर एक याममा रु तीन लाख आम्दानी भइरहेको छ ।’ खनजोत, मल, रोग, कीराको नियन्त्रणलगायतमा करिब रु एक लाख खर्च हुने जनाउँदै उनले हरेक याममा दुई लाख बचत गरिरहेको उल्लेख गरे । 

मेचीनगर, अर्जुनधारा, गौरीगञ्ज, कचनकबल, गौरादह, बाह्रदशी, कमल र भद्रपुरमा एक हजार ९०० हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती भइरहेको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । सामान्यतः केराको बोट नौ महिनामा पसाउने र एक वर्षभित्रै उत्पादन दिने गरेको छ ।

यहाँ उत्पादित केरा स्थानीय बजारबाहेक काठमाडाैं, पोखरासम्म पुग्ने गरेको किसान बताउँछन् । केराखेतीमा लागेका अधिकांश किसान मेचीनगरका पर्शुराम गिरी जस्तै वैदेशिक रोजगारीबाट फर्केका हुन् । पाँच कठ्ठादेखि ५० बिघासम्म जमिनमा केराखेती लगाउने किसान जिल्लामा रहेका केन्द्रले जनाएको छ ।

विसं २०६० मा बाह्रदशीका डम्बर पाहिमले १० बिघा क्षेत्रफलमा पहिलोपटक व्यावसायिक केराखेती सुरु गरेका थिए । त्यसपछि झापा गाउँपालिका–३ का चन्द्रबहादुर बस्नेतले इजरायलबाट फर्केर ३० बिघा जग्गामा केराखेती गरेपछि अन्य क्षेत्रमा पनि यसको अनुकरण हुन थालेको पाहिमले बताए । 

विसं २०७१ मा जिल्लामा ३० हेक्टर क्षेत्रफलमा मात्र व्यावसायिक केराखेती हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । हाल क्षेत्रफल विस्तार भएर जिल्लामा एक हजार ९०० हेक्टरमा व्यावसायिक खेती भइरहेको भन्दै जिल्लामा वार्षिक ३७ हजार मेट्रिक टन केरा उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

प्रतिघरी पाँच सय रुपैयाँदेखि सात सयसम्ममा बोटबाटै बिक्री हुने गरेको कृषक गिरीले बताए । कम मेहनत र पुँजीमा छिटो र बढी आम्दानी दिने भएकाले किसानको आकर्षण बढ्न थालेको उहाँको धारणा छ । 

खेती विस्तार, प्राविधिक ज्ञानलगायत क्षेत्रमा स्थानीय सरकार, ज्ञान केन्द्र तथा अन्य सरोकार भएका निकायले अनुदान दिने, बजारीकरणमा सहजीकरण गर्ने, कृषि बिमामा सहयोगलगायत कार्यक्रम सञ्चालन गरेपछि केराखेतीतर्फ किसान आकर्षित भएका गिरीले बताए । उनका अनुसार मल, सिँचाइ, हुरी, कीराको सङ्क्रमण, उचित उपचारको अभावलगायत कारणले केराखेती गर्न चुनौती थपिँदै गएको छ ।

झापाका किसानले चिनीचम्पा, मालबोक, जि-नाइन र इजरायली प्रजातिका केराखेती गर्दै आएका कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ४ : २४ बजे

संविधानको संरक्षणसँगै राष्ट्रिय एकतामा जोडिन आवश्यक : पूर्वप्रधानन्यायाधीश रेग्मी

काठमाडौं – पूर्वप्रधानन्यायाधीश खिलराज संविधानको संरक्षण गर्दै राष्ट्रिय एकता र एकजुटताका साथ मुलुकलाई

संविधान दिवसमा नेपाललाई अमेरिकाको शुभकामना

न्यूयोर्क– नेपालको संविधान दिवसका अवसरमा संयुक्त राज्य अमेरिकाले नेपाललाई शुभकामना

संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार

पन्ध्रौं महाधिवेशन नेतृत्व छान्ने मात्रै होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर

काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् महामन्त्री पदका दाबेदार नैनसिंह महरले

संविधान दिवसमा सुनसरीमा प्रभातफेरी

इनरुवा- संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शनिबार सुनसरीको सदरमुकाम