लागूऔषधविरुद्ध धरान : मेयरको ‘सुधारबार’ अभियानले घटेन ओसारपसार र कारोबार « Khabarhub

लागूऔषधविरुद्ध धरान : मेयरको ‘सुधारबार’ अभियानले घटेन ओसारपसार र कारोबार


२४ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) ले प्रत्येक शुक्रबार लागूऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम चलाउँदै आएका छन् । उनले शुक्रबारलाई सुधारबारका रुपमा अभियान नै चलाएका छन् ।

धरानका विभिन्न वडामा नगर प्रमुख साम्पाङले सचेतना कार्यक्रम चलाउँदै आएका छन् । तर लागूऔषध कारोबारी र प्रयोगकर्ता लुकिछिपी बेचबिखनमा लिप्त छन् । नियन्त्रित लागूऔषध समाजका लागि घातक रहेको सचेतना नगर प्रमुख फैलाउँदै हिँड्छन् । तर यो चुनौतीविरुद्ध कसरी लड्ने ठोस कदम पहिल्याउन सकिएको छैन ।

धरानमा प्रहरीले प्रत्येक दिन लागूऔषधसहित प्रयोगकर्ता र बेचबिखनमा संलग्नलाई नियन्त्रणमा लिने गरेको छ । शनिबार र आइतबार लागुऔषधसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

यो तथ्यले नियन्त्रित लागूऔषधको बढ्दो प्रयोग र बेचबिखनमा नियन्त्रण नभइरहेको अवस्था देखाउँछ । प्रहरीले धरानका विभिन्न स्थानबाट नियन्त्रित लागूऔषधसहित ८ जनालाई पक्राउ गरेको छ ।

धरान–९ स्थित बगैंचा लाइनबाट शनिबार प्रहरीले ४ जनालाई नियन्त्रणमा लियो । भारत घर भएका ३० वर्षीय विजय साह, धरान–९ का २७ वर्षीय निरन्जन यादव, धरान–१० का २५ वर्षीय विशेष राई र धरान–१७ का २६ वर्षीय निश्चल राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय धरानले विजयको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

यस्तै शनिबार नै धरान–११ स्थित सुनुवार सङ्घको भवन छेउबाट स्थानीय २२ वर्षीय सन्जीव सुनुवार र १९ वर्षीय सविन परियारलाई रेल्वे प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै आइतबार धरान–८ स्थित भोटेपुलबाट अस्थायी प्रहरी बिट वरगाछीबाट खटिएको प्रहरी टोलीले २ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रित लागूऔषधसहित धरान–८ का ५६ वर्षीय राजु छेत्री धरान–१६ का २९ वर्षीय सकुल अधिकारी पक्राउ परेका छन् ।

दुई दिनमा प्रहरीले पक्राउ परेकाहरूबाट ठूलोमात्रामा लागूऔषध नियन्त्रणमा लिएको छ । शनिबार बगैँचा लाइनबाट ट्रामाडोल १ हजार ४ सय ४० ट्याब्लेट, नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो ८० ट्याब्लेट बरामद गरेको छ ।

यस्तै धरान–११ बाट ट्रामोल ४ सय ६० ट्याब्लेट र स्पास्सपेन ४ सय ६९ ट्याब्लेट बरामद गरेको छ । यसैगरी धरान–८ भोटेपुलबाट स्पास्मो १ सय २२ ट्याब्लेट नियन्त्रणमा लिएको छ ।

धरान प्रहरीले लागूऔषधविरुद्ध बेलाबेला ‘स्टिङअप्रेसन’ गर्ने काम गर्दै आएको छ । ‘हिरासतलाई सुधार गृहको रूपमा व्यवस्थित गर्ने’ अभियानसमेत सञ्चालन गर्दै आएको छ ।

सकारात्मक जीवनयापनका लागि उत्प्रेरणामूलक डकुमेन्ट्री प्रदर्शन गर्ने, विद्यालयमा दुव्र्यसनविरुद्ध अन्तर्क्रिया गर्नेलगायतका काम गर्दै आएको छ । तर धरानमा लागु‍औषधको चुनौती उत्तिकै रहेको तथ्यले देखाइरहेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ६ : ४९ बजे

एक लाख धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता मार्बुमा सुरु ,१३ टिमबीच प्रतिस्पर्धा 

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–७ मार्बुमा एक लाख रुपैयाँ धनराशि पुरस्कार

चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने

काठमाडौँ– सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले

कोलम्बियाले जेरुसेलममा खोल्यो इजरायलका लागि दूतावास

एजेन्सी– कोलम्बियाले बुधबार जेरुसेलममा इजरायलका लागि आफ्नो दूतावास औपचारिक रूपमा

रास्वपाका महिला सांसदको नाममा आएको विज्ञप्ति ‘फेक’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बाँस्कोटाले रास्वपाका महिला सांसदहरूको नाममा सार्वजनिक